चितवन विशेष
पुरानो मेडिकल कलेजमा आज निःशुल्क ओपीडी सेवा
०

चितवन, असोज २–
कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा आज (बिहीबार) ओपीडी सेवा निःशुल्क गरिएको छ ।
भोलि (शुक्रबार) परेको संविधान दिवसको अवसरमा अस्पतालले निःशुल्क ओपीडी सेवाको व्यवस्था गरेको हो । अस्पतालमा १८ वटा विभागमा ओपीडी सेवा रहेको छ । ती सबै विभागको ओपीडी आज एक दिनका लागि निःशुल्क रहने अस्पतालमा जनसम्पर्क विभाग प्रमुख दुर्गा न्यौपानेले जानकारी दिए ।
पुरानो मेडिकल कलेजले वर्षेनी एक दिन विभिन्न अवसरमा निःशुल्क ओपीडी सेवा दिने गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























