चितवन विशेष
चितवन मेडिकल कलेजका विद्यार्थीको आन्दोलनमा अनेरास्ववियूको पनि ऐक्यबद्धता

चितवन,असोज १-
चितवन मेडिकल कलेजका विद्यार्थीको आन्दोलनमा सरकारको नेतृत्व गरिरहेको दल नेकपा निकटको विद्यार्थी संगठनले पनि ऐक्यबद्धता जनाएको छ । अनेरास्ववियूका अध्यक्ष ऐन महरद्धारा जारी विज्ञप्तीमा मेडिकल माफिया बिरुद्ध अनेरास्ववियू निरन्तर लडिरहने उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘चितवन मेडिकल कलेज र गण्डकी मेडिकल कलेजका बिद्यार्थीले मेडिकल माफिया बिरुद्ध गरेको आन्दोलनमा हाम्रो पनि समर्थन छ ।’ मेडिकल शिक्षाको शूल्क, छात्रबृत्ति, मापदण्ड सहितका बिषयमा यसअघि पनि अनेरास्ववियूले प्रधानमन्त्रीको कार्यालय र शिक्षा मन्त्रालयमा समेत ध्यानाकर्षण पत्र बुझाएको उल्लेख गरेको छ ।
विज्ञप्तीमा मेडिकल शिक्षमा लिँदै आएको मनपरी शुल्कलाई नियन्त्रण गरी सिमा निर्धारण गर्ने,मापदण्ड र पूर्वाधारका आधारमा विद्यार्थीको सिट सङख्या तोक्ने लगाएतका काम विद्यार्थी आन्दोलनको दबाबमा भएको जनाइएको छ । सरकारले मेडिकल कलेजलाई तोकेको शुल्क कार्यान्वयन गर्नुको सट्टा अटेर गरी थप अतिरिक्त शुल्क लिने काम नरोकिएको अनेरास्ववियूले जनाएको छ । विज्ञप्ती मार्फत सरकारले यसअघि दिएको निर्देशन पालना गर्न माग गरिएको छ ।
साथै चितवन मेडिकल केलेज, गण्डकी मेडिकल कलेज लगाएतका मेडिकल कलेजले अबैध असुलेको शुल्क फिर्ता नगरे यस बर्षका लागि लिइने भर्ना खारेज गर्न सरकार र अयोज समक्ष माग गरिएको छ ।
विज्ञप्तीसहित