चितवन विशेष

चितवन मेडिकल कलेजले भन्योः अवैध असुलेको पैसाको रसिद दिन्छौं

Banner

चितवन,असोज १-

चितवन मेडिकल कलेजले विद्यार्थीबाट अबैध असुलेको पैसाको रसिद दिने बताएको छ । आज (बुधवार) पत्रकार सम्मेलनको आयोजना गरी अस्पताल प्रशासनले विद्यार्थीबाट लिएको शुल्कको रसिद दिने बताएको हो । कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले केही विद्यार्थीलाई रसिद दिएको र केहीलाई दिन बाँकी रहेको जिकिर गरे । ‘रसिद लिएका विद्यार्थी पनि छन्,नलिएका विद्यार्थी पनि छन्,उनले भने’,रसिद लिन आउनेलाई अहिलेपनि हामी दिन सक्छौं ।’ यसअघि विद्यार्थीबाट शुल्क लिने बेलामा कम्युटरमा समस्या आएको देवकोटाले बताए ।

विद्यार्थीसंग टेवुल मुनिबाट पैसा किन लिनुभयो भन्ने पत्रकारको जिज्ञासामा उनिहरु केही बोल्न चाहेनन् । ‘आइओएमको पत्र अनुसार शुल्क लिएका छौं,अन्य अबैध शुल्क लिएका छैनौं ।’ प्रमुख प्रशासक देवकोटाले भने ।

विद्यार्थीको आन्दोलनका कारण विगत १६ दिनदेखि चितवन मेडिकल कलेजमा पठनपाठन ठप्प छ । विद्यार्थी आन्दोलित छन् । उनिहरुले मंगलबार मात्रै पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् ।

‘एमबिबिएसको शुल्क विवादमै छ,देवकोटाले भने’,चितवन मेडिकल कलेजलाई मात्र केन्द्रित गरेर आन्दोलन गरिएको छ ।’ उनले आन्दोलन राजनैतिक अभिष्ट पुरा गर्ने र राजनैतिक रुपमा स्थापित हुन भ¥याङ बनाउने र नितान्त दुःख दिने हिसाबले गरिएको बताए । विप्लवका छोरा प्रकाशलाई लक्षित गर्दे उनले भने’,देशभर थुप्रै मेडिकल कलेज छन् चितवन मेडिकल केलजमा मात्र आन्दोलन किन ?

देवकोटाले प्रदर्शनका क्रममा विद्यार्थीलाई लाठीचार्ज गर्न कलेजले कुनै निर्देशन नदिएको भन्दै प्रहरी प्रशासनले आफै बल प्रयोग गरेको दावी गरे । उनले विद्यार्थीलाई निरन्तर वार्ताका लागि आब्हान गरेको र कलेजका प्रवन्ध निर्देशक हरिशचन्द्र न्यौपानेबाट वार्ताका लागि अधिकार दिएका व्यक्तिहरु आफूहरु नै भएको जिकिर गरे ।

कलेजले विद्यार्थी र अभिभावकलाई कुनै किसिमको मानसिक तनाब नदिएको दावी गरेको छ । कलेजकी प्रिन्सिपल ममता तिवारीले आन्दोलन गरेकै नाममा फेल गराउने धम्की नदिएको बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>