चितवन विशेष

डेङ्गु सार्ने लामखुट्टे खोज र नष्ट गर अभियानमा सांसद सुबेदी

Banner

चितवन,भदौं ३०-

डेङगु संक्रमणका लागि बढि जोखिममा रहेको भरतपुर महानगरपालिका वडा नम्बर १ मा सोमबार सरसफाई गरिएको छ । वे ग्रुप नेपालले आफ्नो नियमित कार्यक्रम अन्तर्गत सोमबार गरेको कार्यक्रममा प्रदेश सभाका सांसद विजय सुबेदी पनि सहभागि भएका थिए ।

महागरपालिका वडा नम्बर १ नारायणी पथमा पुगेका सांसद सुबेदीले नारायणी पथको ठाँउ–ठाँउमा फोहोर गर्ने स्थानीयको घरमै पुगेर फोहोरले रोग निम्ताउने भन्दै सचेत बन्न आग्रह गरे । बिशेष गरेर चितवनमा पछिल्लो समय बढ्दो डेङ्गुको संक्रमण प्रति लक्षित गर्दै फोहोर ब्यबस्थापनमा ध्यान दिन सांसद सुवेदीले जनतालाई सुझाब दिए ।

सांसद सुवेदीले चितवन भएको बेलामा सोमबार मात्र नभई अन्यदिन पनि घर गाँउ तथा टोल टोलमा पुगेर घर वरपरको वातावरण सफा राख्न आग्रह गर्छन् । उनले भरतपुरमा सरसफाई र हरियाली अभियान संचालन गरेका छन् । उनले टोल समाजको अवस्था कस्तो हुनु पर्छ, कसरी सफा राख्न सकिन्छ, पानी जम्न नदिने के गर्ने ? कस्तो अवस्थामा डेङगु सार्ने लामखुट्टे सक्रिय हुन्छ भन्ने बारेमा जानकारी गराएका हुन्छन् ।
कार्यक्रममा ‘वे’ ग्रुप नेपालले पनि डेङगु रोगको संक्रमण झन् बढ्दै जान थालेपछि सरसफाइलाई डेङ्गु सार्ने लामखुट्टे खोज र नष्ट गर अभियानमा केन्द्रित गरेको छ । वे गु्रप नेपालले हप्ताको एक दिन समाजको लागि भन्दै प्रत्यक सोमबार बिहान ७ बजेदेखि ८ बजेसम्म सरसफाई कार्यक्रम गर्दै आएको छ । ‘’वे ग्रुप नेपालले सरसफाई अभियान चलाएको १ सय ७७ औँ श्रिङखला पुगेको अध्यक्ष भोज नारायण कँडेलले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>