चितवन विशेष

जितिया नजिकिएसंगै ‘आयो रे जितिया’को चर्चा (भिडियोसहित)

Banner

चितवन, भदौं २८–

थारु समुदायका महिलाहरुको महान् चाड ‘जितिया’ नजिकिदै छ । चितवनका थारु महिलाहरुले जितियालाई धुमधामका साथ मनाउँदै आएका छन् ।

यसपटक पनि चितवनमा जितियाको रौनक सुरु भइसकेको छ । जिल्लाका विभिन्न क्षेत्रहरुमा थारु कल्याणकारिणी सभाले जितिया विशेष कार्यक्रमहरु आयोजना गरेको छ । पछिल्लो समय जितिया पर्व लक्षित गरि नयाँ–नयाँ गीत संगीतहरु निस्कन थालेको छ । तीज पर्वमा निस्किने गीत जस्तै ‘जितिया’ सम्बन्धित गीतहरु पनि निस्कन थालेका छन् ।

थारु समुदायका कलाकारहरुले जितिया लक्षित गर्दै गीतहरु बजारमा ल्याएका छन् । चितवनका गायक तथा नायक रोहित सिंह चौधरीले ‘आयो रे जितिया’ ल्याएका छन् । प्राइम मिडिया ब्रोडकास्टिङ मिडिया मार्फत ‘आयो रे जितिया’ बोलको गीत बजारमा ल्याइएको हो । गीतमा रोहितसंगै थारु समुदायकी चर्चित गायिका अनु चौधरीको स्वर रहेको छ । गीतमा रोहित र महरजिया महतोको शब्द रहेको छ भने रोहितकै संगीत रहेको छ ।

यस गीतको भिडियोलाई प्राइम मिडिया ब्रोडकास्टिङ मिडियाले निर्माण गरेको हो । भिडियोमा गायक रोहितसंगै बीर चौधरी र विशु पन्जियारको अभिनय रहेको छ ।

भिडियोलाई लक्ष्मण घिमिरेले छायाँकन, सन्तकुमार चौधरीले ड्रोन छायाँकन र सुरेश चौधरीले सम्पादन गरेका हुन् । भिडियोमा अजय महतोको कोरियोग्राफी रहेको छ भने हिरा चौधरीको निर्देशन रहेको छ ।

चितवनका थारु समुदायको भाषामा आधारित यस गीत ‘जितिया’ सम्बन्धि आधुनिक शैलीको पहिलो गीत हो । यस गीतलाई अहिले युट्युबमा दर्शकले मन पराएका छन् । अहिले चितवनका गाउँघरमा यो गीत घन्किन थालेको छ । जितिया पर्व यही असोज ५ गते मनाईदै छ । थारु महिला दिदीबहिनीहरु असोज ४ गते दर खाने र ५ गते निराहर ब्रत बस्ने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>