विजनेश
घट्न थाल्यो सुन चाँदीको मूल्य
०

काठमाडौं,भदौ २६-
केही महिना देखि लगातार बढेर नयाँ नयाँ कीर्तिमान कायम गरेको सुनको मूल्य अहिले भने घट्न थालेको छ ।
केही दिनदेखि लगातार ओरालो लागेको सुन बिहीबार ७० हजार ८ सयमा झरेको छ । सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य घटाएर निर्धारण गरेको हो ।
बुधबार प्रतितोला ७१ हजारमा सुनको कारोबार भएको थियो । तेजावी सुनको मूल्य प्रतितोला ७० हजार ५ सयमा झरेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला १० रुपैयाँ बढेर ८ सय ८० भएको चाँदी बिहीबार ५ रुपैयाँ सस्तो भएको हो ।
अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घट्न थालेपछि अहिले नेपाली बजारमा पनि सुनको मूल्यमा कमी आएको हो । अहिले अन्तर्राष्ट्रिय बजारमा औंस १४९० अमेरिकी डलरमा सुनको कारोबार भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























