कर्पोरेट

जेम्सवल्र्ड फन पार्कमा दसैँ विशेष चार कार्यक्रम थपिए

Banner

चितवन, भदौं २५-

भरतपुर महानगरपालिका–४ लंकू धर्मचोकमा रहेको जेम्स वल्र्ड फन पार्कले बडा दसैँ तथा दिपावलीको अवसरमा विशेष कार्यक्रमहरु ल्याएको छ ।

दसैँ र तिहारको अवसरमा ल्याइएका विशेष कार्यक्रमहरुमा अम्ब्रेला स्ट्रिट, १२ डीभीआर, हर्स राइडिङ(घोडचढी) र सेल्फी प्वाइन्टलगायत रहेका छन् । फनपार्कका प्रवन्ध निर्देशक ईश्वरविकल सापकोटाका अनुसार हरेक कार्यक्रम आफैँमा नयाँ र दर्शकलाई बेग्लै आनन्द दिने रहेका छन् । अम्ब्रेला स्ट्रिटमा दर्शकहरुले छाता राखिएको आकर्षक फुटपाथमा हिड्ने अवसर पाउँछन् भने १२ डी भीआरमा अत्याधुनिक प्रविधि प्रयोग गरेर दर्शकलाई भरपुर आनन्द र रोमाञ्चकता दिने प्रयास गरिएको छ । १६ जनाले एउटा हलमा बसेर हेर्ने यो कार्यक्रमबाट दृश्यमा देखिए अनुसारकै अनुभूति गर्ने अवसर पाउने निर्देशक सापकोटाले बताए । उनले पानी पर्दा पानी परेकै अनुभव हुने, पहाड उक्लिएको हेर्दा पहाड उक्लिएकै जस्तो अनुभव हुने जनाए । जुन हलमा चलचित्र हेर्दा भन्दा बेग्लै अनुभव हुने उनले बताए ।

त्यसैगरी फन पार्कभित्र नै घोडचढीको व्यवस्था पनि गरिएको छ । जसमा बालबालिकाहरुले विशेष मनोरञ्जन लिन सक्छन् । फन पार्कमा राखिएको सेल्फी प्वाइन्टमा क्यामरा र व्यवसायिक फोटोग्राफरको व्यवस्था गरिएको छ जहाँबाट दर्शकहरुले १० मिनेटमा नै आकर्षक फोटो प्राप्त गर्न सक्नेछन् । यी सबै कार्यक्रमहरु नेपालका कुनै पनि फन पार्कमा नभएको प्रवन्ध निर्देशक सापकोटाले बताए । उनले दसैँ तथा तिहारको अवसरमा टिकट लिँदा केही कार्यक्रमहरुमा छुट दिने तयारी गरेको पनि बताए ।

 

सहरी कोलाहल र थकानबाट केही समय विश्राम लिन बजार क्षेत्रमा उचित गन्तव्यको अभाव भएकोले पनि दर्शकहरुको भीड लाग्ने गरेको छ । २५ करोड बढी लगानीमा निर्माण भएको यो फनपार्कमा विश्वका उत्कृष्ट मानिएका खेलहरू राखिएका छन्। जसमा सानादेखि ठूला गरी १०० बढी खेल समावेश गरिएको छ। पार्कमा सबै उमेर समूहलाई लक्ष्य गरी छुट्टा छुट्टै खेलको व्यवस्था गरिएको छ ।  फन पार्क घुम्न कम्तीमा साढे सात घण्टा लाग्ने प्रबन्ध निर्देशक सापकोटाले बताए । ‘विदेशमा जाँदा देखिने मनोरञ्जनका नयाँ कार्यक्रम समावेश गरेका छौं’, सापकोटाले भने, ‘ दसैँ र तिहार उत्सवको रमाइलो सबैले परिवारसहित फन पार्कमा लिन पाउँन् भन्ने लक्ष्य लिइएको छ ’ आजको प्रविधिको युगमा मानिसले खोजे जस्तै हर प्रकारको आनन्द पाउने भएकोले पार्कमा दर्शकको भीड बढिरहेको उनले बताए । विभिन्न कलेज तथा विद्यालयले टुर प्याकेज बनाएर पनि फन पार्क घुम्न आउने गरेको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>