स्वास्थ्य

नियमित स्वास्थ्य फलोअपका लागि प्रधानमन्त्री ओली शिक्षण अस्पतालमा

Banner

काठमाडौं,भदौं २५-

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि बुधबार बिहान त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज पुगेका छन्। सिंगापुरमा उपचार गरी गतसाता फर्किएका ओली नियमित फलोअपका लागि शिक्षण अस्पताल पुगेका हुन् ।

ओली यसअघि पनि स्वास्थ्य परीक्षण तथा फलोअपका लागि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा जाने गरेका थिए । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका निर्देशक उत्तम श्रेष्ठसहितको टोलीले प्रधानमन्त्री ओलीको स्वास्थ जाँच गरिरहेको निर्देशक श्रेष्ठले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>