चितवन विशेष

चितवनमा पर्यटक बढाएर बसाइँ लम्ब्याउन गृहकार्य

Banner

चितवन,भदौं २४-

भ्रमण वर्ष २०२० मा पर्यटक बढाउने र बसाइँ लम्ब्याउने गरी गृहकार्य शुरु गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० जिल्लास्तरीय सहजीकरण तथा आयोजक समितिले सरोकारवालाको सहभागितामा विभिन्न कार्यक्रमसहित भ्रमण वर्षलाई प्रभावकारी बनाउन तयारी थालेको हो ।

समितिका संयोजक जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार सरोकारवालाको सहभागितामा ७१ सदस्यीय समिति गठन गरिएको छ । सोही समितिबाट तीन उपसमिति गठन गरिएको छ ।

चितवन उद्योग सङ्घले नेतृत्व गर्ने गरी आर्थिक उपसमिति, उद्योग वाणिज्य सङ्घ चितवनले नेतृत्व गर्ने गरी बुकलेट तथा भ्रमण वर्ष क्यालेन्डर प्रकाशन उपसमिति, जिल्ला पर्यटन विकास समितिले नेतृत्व गर्ने गरी प्रचारप्रसार उपसमिति गठन गरिएको डल्लाकोटीले जानकारी दिनुभयो । ती उपसमितिमा सरोकारवाला विभिन्न संस्थाका प्रतिनिधि सहभागी रहेका छन् ।

जिल्लामा रहेका पुराना र नयाँ गन्तव्य समावेश गरी बुकलेट र क्यालेन्डर प्रकाशन गरिँदै छ । त्यही बुकलेटका आधारमा यहाँ आउने पर्यटक ती गन्तव्यसम्म पुग्न सक्ने गरी उच्चस्तरको बुकलेट निर्माण गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । हवाई र स्थलमार्गबाट आउने पर्यटकलाई सहज बनाउन विमानस्थल र बसपार्कमा सहायता कक्ष शुरु गर्न लागिएको छ ।

राजधानीमा हुन लागेको गैरआवासीय नेपाली महासङ्घ (एनआरएन) को सम्मेलनमा यहाँका बुकलेट, क्यालेन्डर जस्ता सामग्री वितरण गरी सम्बन्धित देशसम्म पु¥याउने लक्ष्य राखिएको डल्लाकोटीको भनाइ थियो । जिल्लामा परिवार रहेका विदेशमा बस्नेलाई समेत भ्रमण वर्षमा आफू र आफूले चिनेका त्यहाँका बासिन्दालाई भित्र्याउने गरी प्रचारप्रसार गर्न लागिएको छ ।

नेपालकै अन्य जिल्लामा पनि यहाँका पर्यटकीय गन्तव्यका बारेमा प्रचारप्रसार गर्न लागिएको उहाँले बताउनुभयो । तेस्रो पर्यटकीय गन्तव्य चितवनमा आउने पर्यटकको सङ्ख्या कम रहेको भन्दै उहाँले सङ्ख्या बढाउन र बसाइँ लम्ब्याउन भ्रमण वर्षका कार्यक्रम केन्द्रित हुने बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>