मकवानपुर

मकवानपुरको मनहरि गाउँपालिकामा बजेट कार्यान्वयन सुरु

Banner

हेटौंडा, भदौं २४-

चालु आर्थिक वर्षमा ६१ करोड बजेट रहेको मकवानपुरको मनहरि गाउँपालिकाले बजेटको कार्यान्वयन प्रक्रिया सुरु गरेको छ ।

गाउँपालिकाले सबै वडालाई पत्राचार गरी १५ दिनभित्र उक्त बजेट अन्तर्गतका योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गर्न भनेको छ । गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत देवराज चौलागाईले सबै वडामा उपभोक्ता समिति गठनका लागि पत्राचार गरेको जानकारी दिए । उपभोक्ता गठनपछि बजेट कार्यान्वयन हुनेछ ।

गाउँपालिकामा अघिल्ला भन्दा यस वर्ष कम योजना बनेको बताइएको छ । उक्त योजना गाउँसभाबाट पारित भइसकेका छन् । गाउँपालिकाबाट उपलब्ध तथ्याङ्कअनुसार वडा नं १ मा २२, २ मा २३, ३ मा ४, ४ मा १२, ५ मा २०, ६ मा १७, ७ मा ३३, ८ मा ३० र ९ मा २९ वटा योजना गाउँसभाबाट पारित भइसकेको छ । यसवर्ष गाउँपालिकाले ६१ करोडको बजेट योजना निर्माण गरी कार्यान्वयन गरी रहेको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।

देशकै ठूलो कृषि थोक बजार बन्ने

कृषि उपजको बजारीकरणको समस्या समाधान गर्न तीन तहको सरकारको पहलमा गरिब ७० करोड लागतमा हेटौँडामा देशकै ठूलो कृषि थोक बजार केन्द्र निर्माण हुने भएको छ । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालका अनुसार देशभर सरकारले ५० करोड भन्दा माथिको लगानीमा नौ वटा कृषि थोक बजार केन्द्र निर्माण गर्दैछ । करिब ७० करोडको लागतमा निर्माण हुने आधुनिक कृषि थोक बजार केन्द्र निर्माण भएपछि नेपाली किसानको उत्पादनको बजारीकरण र प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ । केन्द्र सरकारले विस्तृत परियोजना प्रतिवेदन .(डीपीआर) सम्पन्न गरिसकेको कृषि थोक बजार केन्द्रको निर्माणमा प्रदेश ३ सरकार र हेटौँडा उपमहानगरपालिकासमेत लागि परेका छन् ।

प्रदेश ३ सरकार कृषि बजारलाई सकेसम्म चाँडो निर्माण सम्पन्न गराएर सञ्चालनमा ल्याउन चाहिरहेको बताउँछन् प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामा । उहाँका अनुसार बजार निर्माणको काम दुई वर्षभित्र सम्मन्न भएर सञ्चालनमा आउँनेछ । बजार आधुनिक, हरेक सुविधा सम्पन्न र किसानमैत्री हुने उहाँको भनाइ थियो । उपमहानगरले तरकारी बजार निर्माणको काम चाँडो शुरु गर्न आफ्नो तर्फबाट पहल गरिरहेको र काम अघि बढाउन प्रदेश र सङ्घीय सरकारलाई घचघच्याई रहेको बताइएको छ ।

किसान महासङ्घका केन्द्रीय सदस्य महानन्द सापकोटा बिचौलियाको समस्या समाधानका लागि सरकारको प्रत्यक्ष हस्तक्षेप सहितको तरकारी तथा कृषि उपज थोक बजार केन्द्र आवश्यक रहेको बताउँँछन् । सरकारले सिँचाइ र दक्ष कृषि प्राविधिक परिचालन गरेर उत्पानदमा जोड दिनुको साथै उत्पादित कृषि उपजको उचित मूल्य आउनेगरी बजारीकरण गर्नुपर्ने उनको भनाइ छ । ‘किसानसँग रु १५ मा किनेर ५० मा बेच्ने हाल सञ्चालन भइरहेका जस्ता किसानमारा तरकारी थोक बजार केन्द्रको आवश्यकता छैन’ उनले भने । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>