अर्थ
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य दुई रुपैयाँ घट्यो,१२ बजेबाट लागू हुने
०

चितवन,भदौं २४-
नेपाल आयल निगमले प्रमुख तीन इन्धनको मूल्य घटाएको छ । पेट्रोल डिजेल र मट्टीतेलको साविक मूल्यमा २ रुपैयाँ घटाइएको निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए । नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झरेको छ ।
यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो । समायोजन भएको नयाँ मूल्य आज दिउँसो १२ बजेबाट लागू हुने निगमका कार्यकारी प्रमुख पौडेलको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























