चितवन विशेष

भरतपुर अस्पतालका कर्मचारी आन्दोलनमा, चार दिन प्रशासन घेराउ गर्ने

Banner

चितवन, भदौं २३–

भरतपुर अस्पतालका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । अस्पताल विकास समिति कर्मचारी युनियन अन्तरगतका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

सोमबार भरतपुर अस्पताल परिसरमा पत्रकार सम्मेलन गर्दै अस्पताल विकास समिति कर्मचारी युनियनले मंगलबारदेखी चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । युनियनले विगत ५५ दिनदेखि बिना करार नवीकरण र बिना तलब अस्पतालले काम गराइरहेको कर्मचारी युनियनले जनाएको छ । युनियनले विभिन्न समयमा फैलिने प्रकोप, महामारी, बढ्दो स्वास्थ्य बिमित संख्यासँगै बढेको बिरामी चाप अनुसार आवश्यक जनशक्ति र पूर्वाधारको तत्काल व्यवस्था गरी सुनिश्चित गर्नुपर्ने माग गरेको छ ।

युनियनले गत भदौं २० गते ११ बुँदे मागसहितको ज्ञापनपत्र प्रशासनमा बुझाए पनि मागहरु सम्बोधन प्रति प्रशासन आलटाल गरेका प्रति विरोध कार्यक्रम सार्वजनिक गरेको छ ।

विरोधका कार्यक्रम अन्तरगत भदौं २४ गते विहान १० बजेदेखी आधा घण्टा कालो पट्टी बाधी प्रशासन घेराउ गर्ने, भदौं २५ गते विहान १० बजेदेखी एक घण्टा कालो पट्टी बाधेर प्रशासन घेराउ गर्ने, २६ गते दुई घण्टा कालो पट्टी बाधेर प्रशासन घेराउ गर्ने र भदौं २७ गते तीन घण्टा कालो पट्टी बाधेर प्रशासन घेराउ गर्ने कार्यक्रम तय गरिएको अस्पताल विकास समिति कर्मचारी यूनियन भरतपुर अस्पताल इकाईका अध्यक्ष ई.चन्द्रमणि बस्यालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>