स्वास्थ्य

७० हजारलाई डेंगु,वैशाखयता अस्पतालमै पुगेकै बिरामी ७ हजार

Banner

काठमाडौं,भदौं २२-

पछिल्लो समय प्रकोपका रुपमा फैलिएको डेंगुबाट करिब ७० हजार व्यक्ति प्रभावित भएको चिकित्सकले बताएका छन् ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्यांकअनुसार सरकारी अस्पतालमा जँचाउन आएका बिरामी मात्रै बैशाखयता करिब ७ हजार छन् ।

निजी अस्पतालमा जँचाएका र अस्पताल आइनपुगेका बिरामी संख्या जोड्दा करिब ७० हजार पुग्ने चिकित्सकको आंकलन छ । इडिसिडीको तथ्यांकअनुसार वैशाखदेखि असारसम्म ३ हजार ४२५ जना र साउनयता ३ हजार ५८० जना उपचार गराउन अस्पताल आइपुगका छन् । यो सरकारी क्षेत्रको रिर्पोटेड तथांक हो । निजीसहित गर्दा ७० हजार डेंगुले बिरामी पुगेको अनुमान छ । यो समाचार कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>