चितवन विशेष

तीन खम्बे अर्थ नीतिको कार्यान्वयन आवश्यकः मन्त्री लामा

Banner

भरतपुर,भदौं २१-

प्रदेश नम्बर ३ का भुमि व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्री दावा दोर्जे लामाले मुलुकलाई सम्बृद्व बनाउन संविधानमा उल्लेख राष्ट्रिय अर्थतन्त्रको तीन खम्बे नीतिलाई कार्यन्यनमा ल्याउनुपर्ने बताएका छन् । शनिवार सर्वशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आठौँ साधारणसभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय अर्थतन्त्रको तीन खम्बे नीति अनुसार सरकारी, सहकारी र नीजि क्षेत्रको सहभागितालाई कार्यन्वयनमा ल्याउन आवश्यक रहेको बताए । ‘राज्यले मुलक समृद्ध बनाउनका लागि तीन खम्बे अर्थ निती ल्याएको उनले बताए । सहकारी मार्फत देशको विकास गर्न सकिने सरकारले अनुमान गरेको छ,’ मन्त्री लामाले भने, ‘तपाईहरु पनि उत्पादनशिल क्षेत्रमा लगानी गरेर देशको अर्थतन्त्रलाई मजवुत बनाउन लाग्नुपर्छ ।’

मन्त्री लामाले चितवनमा सामूहिक खेती सुरु भएका अन्य किसानहरुले पनि सामूहिक खेती गर्न सुझाव दिए । उनले देशलाई कृषि पर्यटन र उद्योग मार्फत समृद्ध बनाउन सकिने धारणा राखे । उनले विदेशमा सिकेको सीपलाई स्वदेशमा आएर उपयोग गर्न आग्रह गर्दै कृषिमा काम गर्ने युवाहरुका लागि सरकारले पनि अनुदानका कार्यक्रमहरु ल्याएको बताए । माटो सुहाउँदो कृषि खेती गर्नुपर्ने धारणा राख्ने उनले सहकारीहरुले कृषिमा लगानी गर्न आग्रह गरे ।

शनिवार भएको सर्वशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडलेको साधारण सभाले आगामी बर्षका लागि संस्थाको आर्थिक तथा सामाजिक प्रतिष्ठा बृद्धि गर्ने र समयानुकुल बजार सापेक्ष बनाउने गरि अगाडी बढ्ने निर्णय गरेको छ ।

२०६८ सालमा स्थापना भएको यस सहकारीमा सात सय १२ जना सेयर सदस्य रहेका छन् । हाल तीन करोड ५५ लाख शेयर पुँजी रहेको संस्थाले जानकारी दिएको छ । मन्त्री लामा प्रमुख अतिथि रहेको कार्यक्रममा नेफ्सुनका सञ्चालन नवराज सापकोटा, जिल्ला सहकारी संघका अध्यक्ष हरिसचन्द्र सुवेदी, नेफ्सुनका सदस्य भरतप्रसाद सुवेदी, उवासंघ चितवनका बरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, संस्थाका सल्लाहाकार खेम भण्डारी लगायतको उपस्थिति रहेको थियो । सर्वशक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मित्रराज दवाडीको अध्यक्षतमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>