अन्तर्वार्ता
वैदेशिक शिक्षाबारे सही परामर्शले १२ बर्षमा मेट्स एजुकेसन

वैदेशिक शिक्षाबारे सही परामर्श र भिसा प्रक्रिया गर्दै आएको कन्सल्टेन्सीहरु मध्ये नारायणगढको मेट्स इन्टरनेसनल (मेट्स एजुकेसन) पनि एक हो । यो शाखा शनिबारबाट ११ वर्ष पूरा गरी १२ औं वर्षमा प्रवेश गरेको छ । यसले विसं २०६४ सालमा काठमाडौंको पुतली सडकमा मुख्य कार्यालय स्थापना गरी सेवा सुरु गरेको थियो भने २०६५ साल भाद्र २१ गते विधिवत रुपमा पहिलो शाखा चितवनमा स्थापना गरेको थियो ।
मेट्सले स्थापना कालदेखि नै वैदेशिक शिक्षाका लागि विद्यार्थी तथा अभिभावकलाई सत्य तथ्य परामर्श दिनुका साथसाथै भाषा तयारी कक्षाहरु सञ्चालन गर्दै आइरहेको छ । अष्ट्रेलियामा केन्द्रित भई परामर्श प्रदान गर्दै आइरहेको मेट्सले अष्ट्रेलियासहित बेलायत, अमेरिका, न्युजिल्याण्ड, क्यानडालगायतका देशहरुमा उच्च शिक्षा अध्ययनका लागि समेत परामर्श सेवा प्रदान गर्ने गरेको छ । मेट्सले संख्याको आधारमा भन्दा पनि गुणको आधारमा विद्यार्थीलाई सही परामर्श दिइरहेको छ । विद्यार्थीको शैक्षिकस्तर भाषा परीक्षाको नतिजा तथा परिवारको आर्थिक अवस्थाको आधारमा सही विश्वविद्यालय तथा सम्बन्धित विषयको माथिल्लो तहका लागि सही परामर्श दिने संस्था हो । संस्थाको मुख्य उद्देश्य विद्यार्थीको वैदेशिक शिक्षा शैक्षिक भविष्य र उनीहरुको करियरलाई कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने छ । मेट्सले प्रदान गर्ने परामर्श र मार्गदर्शन कै कारण नेपाली विद्यार्थी र तीनका अविभावकहरुको आज यो कन्सल्टेन्सी विश्वासको केन्द्र बन्दै आइरहेको छ ।
चितवन र त्यस आसपास क्षेत्रका विद्यार्थी, अविभावकहरुले उच्च शिक्षासम्बन्धी गुणस्तरीय शैक्षिक परामर्श सेवा आफ्नै घर आगनबाट प्राप्त गर्न सकून भनी चितवन शाखाको स्थापना भएको हो । शाखा स्थापना भएको १२ औं वर्षगाँठको अवसरमा मेट्स एजुकेसन चितवन शाखाका प्रवन्ध निर्देश प्रकाश पौडेलसंग नारायणी अनलाइनका सम्वाददाताले गरेको कुराकानीः
प्रश्नः तपाईँहरु ११ वर्ष पार गरेर १२ वर्ष प्रवेश गर्दैगर्दा शैक्षिक परामर्शको क्षेत्रमा के-के काम गर्यो ?
शैक्षिक परामर्श भन्ने बित्तिकै मानसिकरुपमा म विदेशमा पढ्न जान्छु भन्ने विद्यार्थीहरुलाई दिइने सेवा हो । मेट्स विगत १२ वर्षदेखि नै संख्याभन्दा पनि गुणात्मक विषयलाई ध्यान दिँदै आइरहेको कारणले अष्ट्रेलिया गन्तव्य बनाएर आउने विधार्थीलाई सत्य तथ्य सही परामर्श दिँदै आइरहेको छ ।
प्रश्न : तपाईँहरुले कति विद्यार्थी विदेशमा अध्ययनका लागि पठाइसक्नुभयो ?
ठ्याक्कै तथ्यांक भन्नु भन्दा पनि हजारौं विद्यार्थीले यस कन्सलटेन्सीबाट सेवा पाइसकेको अवस्था छ ।
प्रश्न : उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने विद्यार्थीलाई यहाँको परामर्शबाट के कुरा फाइदा भएको छ ?
पक्कै पनि मेट्सबाट प्रक्रिया गरेर बाहिर जाने विद्यार्थीलाई हामीले पहिला त उनीहरुलाई प्रयोगात्मकरुपमा तयार बनाएर नै विदेश पठाएका छौं । तर, सहज चाहीँ छैन किनभने धैरै विषयलाई ध्यान दिनुपर्ने हुन्छ । त्यहाँको जीवन शैली र बस्ने खर्चका कुरादेखि लिएर पढ्न चाहने सम्बन्धित विषय हो कि होइन र सम्बन्धित तह नेपालमा पूरा गरेको भन्दा उच्च तह हो कि होइन ? पूर्ण केन्द्रित गरेर हामी विद्यार्थीलाई त्यतातिर निर्देशित गर्दछौं । विद्यार्थी अष्ट्रेलिया पुगे पनि कलेज वा विश्वविद्यालय र विषय परिवर्तन गर्नुपर्ने अवस्था आएको छैन । पढेको विषयलाई सफलतापूर्वक अध्ययन पूरा गरी सोही विषयमा करियर बनाएको पाउँछौं ।
प्रश्न: शैक्षिक कन्सल्टेन्सीको क्षेत्रमा अहिले प्रतिस्पर्धा पनि छ । तपाईँहरुले दिएको सेवामा अरुको भन्दा फरक के छ ?
अरु र हामीमा के फरक छ भने पहिला कुरो त मेट्समा जो विद्यार्थी, अभिभावक आउनुहुन्छ वहाँलाई हामीले वहाँको प्राज्ञिक, आर्थिक पृष्ठभूमिको बारेमा सुक्ष्म अध्ययन गरेर मात्र विद्यार्थीलाई प्रयोगात्मकरुपमा तयार गर्दछांै । जस्तो अष्ट्रेलिया जाने भनेर आउने विद्यार्थी अष्ट्रेलिया किन पढ्न जाने ? अष्ट्रेलियाका कलेज वा विश्वविद्यालय किन पढ्ने ? के विषय पठ्ने ? अब के पढ्ने र के का लागि पढ्ने ? भनेर हामीले वहाँहरुका इच्छा र चाहनाबारे सोध्छौं । त्यही अनुसार हामीले वहाँलाई अनुसन्धान गर्न सिकाउँछौं । पूर्णरुपमा अनुसन्धान गरिसकेपछि विधार्थीको लागि बेटर अप्सन के हो त भनेर हामीले विद्यार्थीलाई दिन्छौं र उनीहरुले छानेको विषयका आधारमा विभिन्न कलेजमा भिसाको लागिआवेदन गर्छौं ।
मेट्स र अरुको फरक चाहि मेट्सले कहिल्यै पनि अरुलाई प्रतिस्पर्धीको रुपमा लिँदैन । आजको दिनसम्म लिएको पनि छैन र मेट्स विशेषत संख्या भन्दा गुणमा केन्द्रित भएर वैदेशिक शिक्षाको क्षेत्रमा काम गर्ने भएकाले अरुभन्दा हामीले दिने सूचना फरक हुन्छ । सत्यतथ्यमा आधारित हुने र त्यसको लिन्कसहित विधार्थीलाई गाइड गर्ने भएकाले हामी अरुभन्दा फरक हुन सक्छांै ।
प्रश्न: यो अवधिमा तपाइँहरुले दिएको परामर्श नै तपाईँहरुको सफलताको मुख्य पक्ष हो ?
१२ वर्ष पार गर्नु भनेको एउटा शाखाको रुपमा स्थापित भइरहँदा त्यति सहज यात्रा त पक्कै पनि हुदैन होला । तपाईँहरुले पनि देख्नु भयो होला कति कन्सलटेन्सी आउने बन्द गर्ने र जाने भइरहेका छन् । हामीलाई निरन्तररुपमा विद्यार्थी तथा अभिभावकको साथ नभएको भए हामी यो स्थानमा आइपुग्ने थिएनौं ।
किनभने हामीले दिएको सही परामर्श र विधार्थीले त्यहाँ गइसकेपछि पाउने वातवरण समान भएकाले विद्यार्थी तथा अभिभावकले मेट्सलाई नै सिफारिस गर्छन् । मेट्स इन्टरनेसनल वैदेशिक शिक्षाको क्षेत्रमा सधै गुणस्तर र सही परामर्श दिने संस्थाको रुपमा आज १२ वर्षसम्म निरन्तर लागिरहेको छ ।
प्रश्न : तपाइँले सुरुमा विधार्थी पठाउँदाको अवस्था र अहिलेको अवस्थामा के परिवर्तन छ ?
पक्कै पनि परिवर्तन त आएको छ । कस्तो हुन्छ भने सन् २०००\२००५ सम्मको आकडा हेर्दा अष्ट्रेलिया धेरै विद्यार्थी गएको पाउदँैनौ । २६० \३०० जना मात्र वार्षिक पढ्न जाने गर्दथे । सन् २००५ देखि विधार्थीको संख्या बढ्दै गएको हामीले पाउँछौं । आजको अवस्थामा आउँदा अष्ट्रेलियन सरकारले बेलाबेला नीति परिवर्तन गरिरहने भएको कारणले कुनै वर्ष थोरै विधार्थी र कुनै वर्ष धेरै विधार्थी जाने यो पक्रिया हामीले विगत १४ वर्षको मेरो अनुभवमा देखिरहेको अवस्था छ । पहिलाको र अहिलेका अवस्थामा हामी चितवन आइरहँदा कन्सलटेन्सी न्यून २÷३ वटा भएको अवस्थामा हामीले विधार्थीलाई जानकारी दिँदा काठमाडौंदेखि अनुभव लिएर आएकाले काउन्सिलिङ गर्नुपर्ने बाध्यता थियो । अहिले विद्यार्थीलाई काउन्सिलिङका लागि काठमाडौं जान पर्दैन भन्ने वातावरण सिर्जना गरेका छौं । आज त हामीसँगै धैरै कम्पनीहरु स्थापना भएका छन् । काठमाडौं जानु पर्दैन जसबाट समय र आर्थिक पनि बचत भएको छ ।
प्रश्न : अन्तमा आगामी दिनमा उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई के भन्नुहुन्छ ?
सम्पूर्ण विधार्थी तथा अभिभावकलाई हामी गुणस्तरीय शिक्षाको लागि सत्यतथ्य परामर्श दिने कुरामा अझ बढी कटिबद्ध छौं । यसलाई हामी भविष्यमा निरन्तरता दिने नैं छांै । धेरै भन्दा धेरै विद्यार्थीको माया पाउने नै छौं भन्नेमा हामी विस्वस्त छौं । १२ वर्षको सुखद घडीसम्म आइपुग्दाको अवस्थामा समस्त विधार्थी तथा मेट्स इन्टरनेसनलले दिने परामर्श कस्तो छ भनेर एकचोटी कम्तीमा शाखा कार्यालय नारायणगढमा आइदिनु । हामी कहाँ आउदैमा भिसा प्रक्रिया गर्नुपर्छ भन्ने छैन । तथापि हामीले दिएको परामर्श र अरुले दिएको परामर्शका आधारमा फरक छुट्याएर प्रक्रिया गर्न सबैसँग अनुरोध गर्छु । मेट्सले विगत ११ वर्षमा कमाएको मुख्य आम्दानी भनेको नै हजारौं विद्यार्थी तथा अभिभावकको माया र सद्भाव नै हो । जुन भविष्यमा पनि निरन्तर रहने नै छ ।
धन्यवाद !