चितवन विशेष

चितवनमा सेन्ट्रल अटो जोनको ‘रोड सो’ कार्यक्रम सम्पन्न

Banner

चितवन,भदौं २०-

महिन्द्रा गाडिको आधिकारीक बिक्रेता सेन्ट्रल अटो जोन प्रालि भरतपुरले दुई दिने ‘रोड सो’ कार्यक्रम सम्पन्न गरेको छ । महिन्द्रा गाडिका बिक्री वितरण र प्रवद्र्धन गर्ने उदेश्यले ‘रोड सो’ कार्यक्रममा गरिएको हो ।

पहिलो दिन सेन्ट्रल अटो जोनको कार्यालय भरतपुरबाट शुरु गरि भोजाड, पदमपुर, खोलेसिमल, टाँडी, पर्सा, पुरानो पर्सा, कठार, हुँदै खुरखुरे क्षेत्रमा पुगेको थियो । यस्तै दोस्रो दिन पनि कार्यालयबाट सुरु भएर पुुल्चोक, आँपटारी, रामनगर, जुगेडी, मुग्लिङ्ग, कुरिनटार हुदै फिसलिङ्ग पुगेर समापन गरिएको हो । उक्त कार्यक्रममा महिन्द्रा कम्पनीका बिभिन्न मोडेलका गाडिहरुको प्रयोग गरिएको थियो ।

सो कार्यक्रम भदौ १८ गतेदेखि सुरु भएर भदौं १९ मा समापन भएको सेन्ट्रल अटोजोन प्रालि भरतपुरले जानकारी दिएको छ । सेन्ट्रल अटो जोनले नजिकिदैं गरेको चाडपर्वलाई मध्यनजर गर्दै विशेष छुटका साथ गाडी विक्री वितरण गरिरहेको व्यबस्थापक राजकुमार बरालले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>