राजनीति
प्रधानमन्त्रीको स्वास्थ्यावस्था सामान्य
०

काठमाडौं, भदौ २० –
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्ने अवस्थामा रहेका उनका निजी चिकित्सक डा दिव्यासिंह शाहले जानकारी दिएकाछन ।
डा शाहले आज प्रेस वक्तव्य जारी गरी उनको स्वास्थ्यावस्था सामान्य रहेको स्पष्ट गरेका छन । प्रधानमन्त्री ओलीको शरीरमा बढी मात्रामा रहेको ‘एन्टीबडी’लाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया (प्लाज्मा फेरेसिस) पूरा भएको वक्तव्यमा उल्लेख छ ।
प्रधानमन्त्री ओली शरीरमा देखिएको एन्टीबडीको मात्रालाई निराकरण गर्न यही भदौ ५ गते सिंगापुरको नेशनल यूनिभर्सिटी हस्पिटल गएका थीए। सिङ्गापुरबाट स्वास्थ्योपचार पूरा गरी उनीआज स्वदेश फर्केका हुन् । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>