स्वास्थ्य

भरतपुर अस्पतालमा एक वर्षमा ३ लाख २० हजारको उपचार

Banner

चितवन भदौ,२०-

चितवनको भरतपुर अस्पतालमा हरेक वर्ष सेवा लिने विरामीहरुको संख्या बढ्दै गएको छ । गत आर्थिक वर्षमा मात्रै अस्पतालबाट सेवा लिने विरामीको संख्या ३ लाख २० हजार ४ सय ४४ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षभन्दा झण्डै ७३ हजार बढी हो ।

गत वर्ष अस्पतालको बहिरंग विभागबाट सेवा लिने विरामी २ लाख ७३ हजार ४ सय २८ थिए । अघिल्लो आर्थिक वर्ष १ लाख ९९ हजार ५ सय ३९ विरामीले ओपिडीबाट सेवा लिएका थिए ।

यसैगरी अस्पतालको सामाजिक सेवाबाट ८ हजार ७ सय ९७ जनाले निःशुल्क तथा आधा शुल्क तिरेर सेवा लिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

यसैवीच, विरामीको चाप बढ्दै गएपछि सेवा सुधारका लागि मन्त्रालयसँग अस्पतालले २४ करोड रकम माग गरेको छ । त्यसमध्ये पँुजीगत खर्चका लागि ११ करोड ५० लाख माग गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>