कर्पोरेट

गण्डकी विकास बैँकद्वारा शैक्षिक सामग्री सहयोग

Banner

चितवन, भदौं १७-

गण्डकी विकास बैँक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै भरतपुर महानगरपालिका–११ भोजाडका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

भोजाडको नयाँ किरण टोल स्थित नयाँ किरण माध्यमिक विद्यालयका कक्षा १ देखि १० सम्मका करिब ५५० विद्यार्थी मध्ये २० जना गरिब, जेहेन्दार, टुहुरा, दलित विद्यार्थीलाई विद्यालयपरिसरमा नै उपस्थित भएर झोला, कापी, कलम पेन्सिल जस्ता शैक्षिक सामग्री वितरण गरिएको बैँकले जनाएको छ । बैँकका नारायणगढ कलस्टर प्रमुख सुरज शर्मा, भरतपुर महानगरपालिका–११ भोजाड शाखाका शाखा प्रमुख केशवराज आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रके पाण्डे, विद्यालयका प्रधानाध्यापक रामेश्वर अधिकारीलगायतले संयुक्तरुपमा गरिब,जेहेन्दार,टुहुरा,दलित विद्यार्थीलाई विद्यालय परिसरमा नै उपस्थित भै कापी किताब राख्ने झोला, कापी, कलम पेन्सिल, साबन वितरण गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रके पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बैँकका नारायणगढ कलस्टर प्रमुख सुरज शर्माले बैंकले सामाजिक उत्तरदायित्व बहन गर्ने सिलसिलामा समाजका विविधि क्षेत्रमा गरेको योगदानका बारेमा अवगत गराएका थिए । उनले विद्यालयमा प्रत्यक्ष उपस्थित भइ विद्यार्थीलाई यसरी शैक्षिक सामग्री वितरण गर्न पाउँदा आफूलाई खुसी लागेको बताए । साथै सामाजिक क्षेत्रमा यस्तै आवश्यकताको पहिचान गरी समाजका लागि केही न केही योगदान पुर्‍याउन बैंक सधै तयार रहेको पनि उनले प्रतिबद्धता जनाए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पाण्डे तथा विद्यालयका प्रधानाध्यापक अधिकारीले बैंकले आफ्नो विद्यालयमा अध्ययनरत आर्थिकरुपमा विपन्न गरिब, जेहेन्दार, टुहुरा, दलित विद्यार्थीलाई संस्थागत दायित्वबोध गर्दै शैक्षिक सामग्री वितरण गरेकोमा बैंक परिवारलाई धन्यवाद दिए । कार्यक्रममा बैँकका भोजाड शाखा प्रमुख केशवराज आचार्यले गण्डकी विकास बैँक र यस बैँकले प्रदान गर्ने सेवाहरुको बारेमा प्रकाश पारेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>