चितवन विशेष
काँग्रेसको क्षेत्रीय सभापतिमा सरिता केसी चयन

चितवन,भदौं १६-
नेपाली काँग्रेस चितवनले क्षेत्र नम्वर तीनको क्षेत्रीय सभापति सरिता केसीलाई सर्वसम्मत चयन गरेको छ । निर्वाचन समिति, काँग्रेस चितवनका पदाधिकारीहरु विच भएको छलफल र तत्कालीन क्षेत्र नम्वर ४ र ५ का सभापतिहरुको विचमा भएको छलफलवाट केसीलाई क्षेत्रीय सभापति चयन गरेको हो ।
काँग्रेस केन्द्रिय समितिको परिपत्र अनुसार काँग्रेस चितवनले साविकका निर्वाचन क्षेत्रहरुलाई समायोजन गर्दै आफ्नो संरचना निर्माण गरेको हो । काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार स्थानीय तह पार्टी संरचना समायोजन अन्तरिम निर्देशिका २०७६ कार्यान्वयनका विषयमा बसेको वैठकले हाल जिल्लामा रहेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तर्गतका क्षेत्रीय सभापतिहरुको जिम्मेवारी दिएको छ । चितवन क्षेत्र नम्वर १ मा राजु शिलवाल र क्षेत्र नम्वर २ मा भरत लामिछानेलाई क्षेत्रीय सभापतिको जिम्मेवारी यस अघिनै दिइसकेको छ ।
काँग्रेस चितवनका सचिव उत्तम जोशीका अनुसार क्षेत्र नम्वर तीनमा देखिएको विवाद मिलाउने क्रममा दुवै सभापतिहरुको सहमतिमा सो निर्णय गरिएको हो । यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र,प्रदेश सभा अन्तर्गतका क्षेत्रीय समितिहरुको गठनको तयारी पनि काँग्रेस चितवनले सुरु गरेको छ । यसका लागि आउँदो भदौ १८ गतेदेखि काम हुने जोशीले जानाकारी दिनुभयो ।
काँग्रेस चितवनका सभापति श्रेष्ठका अनुसार प्रदेश स्तरीय क्षेत्रीय समितिहरुको लागि क्षेत्र नम्वर १ को भदौ १९ गते, क्षेत्र नम्वर २ को १८ गते र ३ को २० गते क्षेत्रीय समितिहरु गठन गरिने छ । केन्द्रिय समितिको परिपत्र र काँग्रेसको निर्देशीका अनुसार क्षेत्री समितिहरुको गठन प्रकृया अन्त्य भएसंगै जिल्लाका स्थानीय तहमा पनि पार्टीका संरचनाहरु निर्माण हुनेछन् ।
























