अर्थ
खसीबोका आयातमा कडाइ, दशैँमा मासु महँगो हुने
०

काठमाडौं,भदौं १६-
सरकारले औपचारिक घोषणा बिनै खसीबोका आयातमा कडाइ गरेपछि दशैँमा मासु महँगो हुने भएको छ । व्यवसायीहरुका अनुसार दशैँमा खसीको तयारी मासु प्रतिकेजी रु १५ सयभन्दा माथि पुग्न सक्नेछ । हाल काठमाडौँ उपत्यकामा दैनिक १ हजार २०० खसी बोकाको माग छ, जसको ४० प्रतिशत अंश भारतीय आयातबाट धानिएको छ । केही समय यता सकरकारले भारतबाट आयात हुने खसीबोकामा कडाइ गरिरहेको छ ।
चौपाया खरीद विक्री संघका अनुसार दशैँ तिहारको समयमा उपत्यकामा मात्र करीब ५० हजार खसीबोकाको माग हुन्छ । उक्त मागलाई धान्न सक्ने गरी स्वदेशमा खसीबोकाको उत्पादन हुन थालेको छैन । आजको आर्थिक अभियान दैनिकमा समाचार प्रकाशित छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























