स्वास्थ्य

प्रधानमन्त्रीको उपचार जारी

Banner

काठमाडौँ, भदौ ११-

प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार जारी रहेको छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले आज ट्विट गर्दै सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उनको उपचार प्रक्रिया जारी रहेको जानकारी दिएका छन ।
सल्लाहकार रिमालले ट्विटमा प्रधानमन्त्रीका निजी चिकित्सक प्रा डा दिव्यासिंह शाहले उनको सो उपचार प्रक्रिया अर्को सातासम्ममा पूरा हुुने जानकारी दिएको उल्लेख गरेका छन । प्रा डा शाह आज स्वदेश फर्केका छन । प्रधानमन्त्री ओलीको स्वास्थ्यावस्था हाल सामान्य स्थितिमा रहेको जनाइएको छ ।
केही दिनअघि रगतमा एण्टीवडीको मात्रा देखिएपछि मिर्गौलाको क्षमता अभिवृद्घिका लागि प्रधानमन्त्री ओली यही भदौ ५ गते पुनः सिङ्गापुर गएका हुन । प्रधानमन्त्रीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, मुख्य सल्लाहकार रिमाल, स्वकीय सचिव राजेश बज्राचार्यलगायत छन । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>