चितवन विशेष

प्राकृतिक स्रोत व्यवस्थापनमा लैगिंक हिंसासम्बन्धी गोष्ठी

Banner

चितवन, भदौं ११-

प्राकृतिक स्रोत व्यवस्थापन क्षेत्रमा लैगिंक हिंसासम्बन्धी एकदिने गोष्ठी मंगलबार सौराहामा सम्पन्न भएको छ ।

राष्ट्रिय प्राकृतिक कोष, जैविक विविधता संरक्षण कोष सौराहाको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमको पहिलो शत्रमा रत्ननगर नगरपालिकाका नारायण वनले प्राकृतिक क्षेत्रमा काम गर्न जादा महिला यौनहिंसा पर्ने गरेको बताए । उनले निकुञ्जमा नै काम गर्ने व्यक्तिबाट अवैधनिकरुपमा जन्मेका बच्चाले बाबु बिना नागरिकता पाउन नसकेको बताए । उनले आफू ल्याप्चे लगाउन तयार भए पनि प्रशासनबाट नै नागरिकता बनाउन बाधा भएको बताए ।

कार्यक्रममा मेयर वनले महिला उद्यमशिलता को लागि थप तालिमहरु स्थानीय निकायबाट प्रदान गरिने बताए । यस्तै रत्ननगर नगरपालिकाकी उपमेयर बिमला दुवाडीले महिला मात्रै नभएर पुरुषहरु पनि हिंसामा परेको बताएकी थिइन् । उनले महिला या पुरुष कोही पनि हिंसामा पर्न नहुने विचार राखेकी थिइन् । यस्तै राष्ट्रिय प्राकृतिक संरक्षण कोषको कार्यक्रम संयोजक सरिता ज्ञवालीले लैगिंक समानता वातावरण नीति ल्याइसकेको बताइन् । कार्यालयभित्र लैंगिक हिंसा हँुदा सुनुवाइ हुने समिति गठन  हुनुपर्ने  बताइन् ।

यस्तै कार्यक्रमको दोसो शत्रमा नेपाल टेलिभिजनकी वरिष्ठ समाचार सम्पादक अनिता बिन्दुले प्रशिक्षण दिएकी थिइन् । प्रशिक्षणमा उनले महिलाले हिंसा भइरहेको महसुस भएपछि त्यसलाइ प्रतिकार गर्न सक्नुपर्ने बताइन् । त्यस्तै प्रशिक्षणमा कसरी प्राकृतिक स्रोत व्यावस्थापनमा लैंगिक हिंसा कसरी भइरहेको छ, यसलाइ नियन्त्रण गर्ने विषयमा छलफल भएको थियो । हिंसा कार्यालयमा पनि हुने भएकाले प्रशिक्षणहरु अफिसका हाकिम म्यानेजरलगायत सम्बन्धित व्यक्तिहरुलाई झनै आवश्यक रहेको औल्याइन् । यस विषयमा नेपालको कानुन के कस्तो रहेको छ ? भन्ने विषयमा छलफल भएको थियो । गोष्ठीमा सहभागीलाई समूह बनाइ छलफल पनि गरि प्रतिवेदन प्रस्तुत गरिएको थियो । सहभागीले प्रस्तुत गरेको प्रतिवेदनमा महिलालाई नेतृत्व तहको जिम्मेवारी दिनुपर्ने बताएका थिए । यस्तै असमान ज्याला, समाजको महिलाप्रतिको दृष्टिकोण परिवर्तन गर्नुपर्ने विचार पनि राखेका थिए । यस्तै गोष्ठीमा सहभागीले कानुनमा भएका कुराहरुको प्रचारप्रसार तथा आत्मरक्षाका लागि स्थानीय निकायले तालिम दिनुपर्ने माग समेत राखे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>