रोचक

२७ वर्षे युवतीले ८३ वर्षीय हजुरबुवासँग विवाह गरिन्ः पहिलो नजरमै माया बसेको बताइन्

Banner

एजेन्सी

काठमाडौं भदौ ११

इन्डोनेशियाको सेन्ट्रल जाभामा झारफुक गर्ने व्यक्तिको रुपमा स्थापित ८३ वर्षे साहमानको २७ वर्षीया युवतीसँगको विवाह केही हप्तादेखि अत्यधिक चर्चामा छ । यी दुईको उमेर भिन्नताका कारण विवाद निम्तिएपनि ती युवतीले आफ्ना नयाँ श्रीमानसँग पहिलो नजरमा नै प्रेम बसेको दाबी गरेकी छिन् ।

अडिटी सेन्ट्रलका अनुसार २७ वर्षे नुराइनीले ८३ वर्षे सुदिर्गोलाई जुलाईमा भेटेकी हुन् । उनी उनको आमाबुवासहित सुदिर्गोसँग झारफुक गर्न गएकी थिइन् । त्यो पहिलो भेटमा नै आफू सुदिर्गोको प्रेममा परेको उनले बताइन् । उनले त्यो भेटपछि पनि ८ जनाका हजुरबुवालाई बहाना बनाएर पटक–पटक भेट्न गएको बताइन् । ८३ वर्षे सुदिर्गोले भने आफूहरुबीचको उमेर भिन्नताका कारण नै रोमान्टिक सम्बन्ध असम्भव ठानेको बताए ।

विवाह गर्नका लागि उनीहरुलाई परिवारको समर्थन चाहिन्थ्यो । नुराइनीले सोचेभन्दा सजिलै परिवारको समर्थन पाइन् । सुदिर्गोका सन्तानमध्येका जेठो छोरा (जो उनका बुवाको उमेरका छन्) लाई मनाउन अलि गाह्रो भयो । २७ वर्षेले आफ्नै उमेरकोसँग किन विवाह गरिनन् रु उनीहरु जान्न चाहन्थे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>