चितवन विशेष

भरतपुरका यी क्षेत्रमा आजदेखी पाँच जना भन्दाबढी एकै ठाउँमा जम्मा हुन नपाइने

Banner

चितवन, भदौं ८–

जिल्ला प्रशासन कार्यालय चितवनले भोलि (सोमबार)देखी जिल्लाको सुरक्षाको व्यवस्थापनमा थप कडाइ गर्ने भएको छ ।

आज (आइतबार) राती सकिएको सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ प्रयोग गर्दै सोमबार विहान ६ बजेदेखी अर्को आदेश नभएसम्मका लागि तोकिएको चार किल्ला भित्र पाँच जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला नहुन आदेश गरेको हो । प्रशासनले तोकेको चार किल्ला भित्र हुलदंगा, अशान्ति पैदान गर्न खोजे कडा कारवाही गरिने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले नारायणी अनलाइनलाई जानकारी दिए ।

पाँच जना भन्दाबढी जम्मा हुन नपाउने प्रशासनले तोकेको चार किला यस्तो छः

पूर्वः बाइपास सडकतर्फको आन्तरिक राजश्व कार्यालय चोकदेखी घरेलु कार्यालयको चोकसम्म
पश्चिमः पूर्वपश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकदेखी चौविसकोठी चोकसम्म ।
उत्तरः बाइपास सडकतर्फको आन्तरिक राजश्व कार्याललको चोकदेखी भरतपुर अस्पताल–पुरानो मेडिकल कलेज जाने चोक–नारायणी मावि चोक, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गतर्फको चौविसकोठी चोकसम्म ।
दक्षिणः बाइपास सडकतर्फको घरेलु कार्यालयको चोकदेखी दूरसंचार चोकहुँदै पूर्वपश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकसम्म ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>