चितवन विशेष
चितवनका काफ्लेले गरे ‘जडीबुटीको प्रयोग’ विषयमा पहिलो पीएचडी
०

चितवन, भदौं ४-
भरतपुर महानगरपालिका–११ जागृति चोकका स्थायी बासिन्दा गान्दिप काफ्लेले ‘कन्जरभेसन इकोलोजी’ विषयमा विद्यावारिधी (पीएचडी) गरेका छन् ।
काफ्लेले कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरबाट ‘नेपालका जडीबुटीहरुको प्रयोग’ विषयमा विद्यावारिधी गरेका हुन् । काफ्लेले जडीबुटीको प्रयोगबारे आफ्नो पहिलो पीएचडी भएको बताए । उनले २०१५ जुलाईबाट अनुसन्धान सुरु गरेर यही भदौं २ गते पीएचडी पूरा गरेका हुन् । उदयपुर कटारीको वन क्याम्पसका क्याम्पस प्रमुखसमेत रहेका ३७ वर्षीय काफ्लेले वन विज्ञान क्याम्पस पोखराबाट स्नातक र स्नातकोत्तर गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























