देश/प्रदेश

राइनो होइन गैंडा, माउन्ट एभरेष्ट होइन सगरमाथा : प्रधानमन्त्री

Banner

काठमाडौं, भदौ २-

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब द्रुतगतिमा आर्थिक विकास गर्ने बताएका छन्।
एसिया प्रशान्त क्षेत्रको नागरिक हवाइ नियामक क्षेत्रका महानिर्देशकहरूको ५६ औं सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान जारी भएसँगै नेपालको राजनीतिक संघर्षको युग सकिएर आर्थिक उन्नति र विकासको युग सुरू भएको बताए।
‘अब हामी हाम्रो यात्रा आर्थिक उन्नति र विकासबाट सुरु गर्छौं। यसका लागि अन्तर्राष्ट्रिय जगतसँग पनि सहकार्य गर्छौं’, प्रधानमन्त्री ओलीले भने, ‘यो सहकार्यका लागि कतिपय अमिल्दा कानुनहरू संशोधन गर्छौं।’

प्रधानमन्त्री ओलीले नेपाल भौगोलिक रूपमा मात्र नभइ विविध क्षेत्रमा विविधता भएको देश भएकोले यहाँ द्रुत विकासको सम्भावना रहेको बताए।
विश्वकै आकर्षक मध्येको एकसिंगे गैंडा नेपालमा मात्र पाइने प्रधानमन्त्री ओलीले स्मरण गराए।
‘हामीसँग यस्ता प्राकृतिक उपहार छन्, त्यसैले हामी विश्वकै सुन्दर छौं, हामीसँग सगरमाथा छ जुन संसारमै एकमात्र हो त्यस्तै हामीसँग गैंडाजस्ता जीवजन्तु पनि छन्,’ उनले सम्बोधनको क्रममा भने, ‘तर संसारमा हामीसँगमात्र भएका चिजको नामाकरण हाम्रै पहिला हुने होला। त्यसैले राइनो होइन गैडा हो, माउन्ट एभरेष्ट होइन सगरमाथा हो। यही नामबाट चिन्न हामी आग्रह गर्छौं।’
नेपाललाई विश्व मै सुन्दर देश भनिने गरको तर यसले मात्र नेपालको परिचय अपुरो हुने प्रधानमन्त्री ओलीको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>