गण्डकी

लमजुङमा दुई सय जोडीद्वारा सम्बन्धविच्छेद

Banner

लमजुङ,भदौं १-

गतवर्षको भदौदेखि देवानी संहिता ऐन २०७४ अर्थात् नयाँ मुलुकी संहिता कार्यान्वयन भएको एक वर्षको अवधिमा १९८ जोडीद्वारा सम्बन्धविच्छेदका मुद्दा दर्ता गरिएका छन् । बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला अदालत लमजुङमा नयाँ कानून लागू भएको एक वर्षको अवधिमा सो सङ्ख्यामा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका अदालतका श्रेस्तेदार जगतबहादुर भण्डारीले बताउनुभयो ।

विगतमा महिलाले सम्बन्धविच्छेद गर्दै आए पनि नयाँ कानून लागूभएसँगै महिला जस्तै पुरुषलाई पनि सहज भएपछि जिल्लामा सम्बन्धविच्छेद गर्ने पुरुष बढ्दै गएका हुन् । नयाँ मुलुकी संहिता कार्यान्वयनसँगै गत भदौदेखि चालू आवको साउनसम्ममा जिल्ला अदालतमा परेका सम्बन्धविच्छेदका मुद्दामध्ये ५१ जना पुरुषद्वारा सम्बन्ध विच्छेदका मुद्दा दर्ता गरेका छन् ।

उक्त ५१ मुद्वामध्ये १४ सम्बन्धविच्छेद भइसकेका र ३० मुद्दा फैसला हुन बाँकी रहेका श्रेस्तेदार भण्डारीले बताउनुभयो । त्यस्तै, नयाँ कानून लागूभएदेखि साउन समान्तसम्ममा १४७ जना महिलाद्वारा सम्बन्धविच्छेदका मुद्दा दर्ता गरिएका अदालतले जनाएको छ । सोमध्ये १२० सम्बन्धविच्छेदका मुद्दा फछ्यौँट भई सबै मिलापत्र गरिएका र २७ मुद्दा मात्रै फैसला हुन बाँकी रहेका श्रेस्तेदार भण्डारीले बताउनुभयो ।

एक वर्षको अवधिमा महिला र पुरुष गरी १९८ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा ६४ मुद्दाको फैसला हुन बाँकी छ । दुवै पक्षले सम्बन्धविच्छेदका मुद्दा दर्ता गरे पनि दुईमध्ये एक जनाले सम्बन्धविच्छेद गर्न नचाहेमा सो मुद्दाको छिनोफानो हुन एक वर्ष लाग्ने श्रेस्तेदार भण्डारीले जानकारी दिनुभयो । पारिवारिक कारण, वैदेशिक रोजगार, विदेशीको नक्कल, बालविवाह, बहुविवाह, इन्टरनेटको बढ्दो प्रयोग, देखावाटी जस्ता कारणले सम्बन्धविच्छेदका घटना बढ्दै गएका अदालतले जनाएको छ ।

बालबिवाह, इच्छा विपरीत विवाह, वैदेशिक रोजगारलाई कम गर्न सकिएमा सम्बन्धविच्छेदका घटनामा कम आउने नेपाल बार एशोसियशनका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>