चितवन विशेष

चितवनका पेशागत संगठन भन्छन्ः निष्पक्ष छानविन होस्, संयमता अपनाऔं

Banner

चितवन, भदौं १–

चितवनका पेशागत संघसंगठनहरुले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणलाई निष्पक्ष छानविन गर्न माग गरेका छन् ।
आज (आइतबार) एक विज्ञप्ती जारी गर्दै अनुसन्धानमा कुनै पनि किसिमको दवाब नदिई स्वतन्त्र र निष्पक्ष अनुसन्धानमा सहयोग पु¥याउन आमनागरिकलगायत सबै सम्बन्धित पक्षसंग अपिल गरेको छ ।

पेशागत संघसंगठनहरुले यस घटनाको स्वच्छ, निष्पक्ष र स्वतन्त्र ढंगले अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाइ कानुनको परिपालना गर्न सरकारसंग समेत जोडदार माग गरेको छ ।

वर्तमान घटनाक्रम न्यायिक प्रक्रियामा रहेकाले घटनाको समर्थन या विरोधमा लाग्नुभन्दा कानुनी सर्वोच्चतालाई सम्मान गर्दै संयमित रहन सबैमा अनुरोध समेत गरेको छ ।

विज्ञप्तीमा मानव अधिकारी संजाल चितवनका अध्यक्ष राजेन्द्र पौडेल, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, मानव अधिकार संरक्षण मञ्चका के.स.स. महेश न्यौपाने, राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र चितवनका अध्यक्ष विश्वनाथ ओझा, इन्सेकका चितवन प्रतिनिधि दीपेन्द्र अधिकारी, मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियानका सह–सचिव शान्ता अधिकारी, नेपाल मानवअधिकार संगठनका उपाध्यक्ष हरिप्रसाद अधिकारी र अधिवक्ता एवंम मानवअधिकारकर्मी वामदेव अधिकारीले हस्ताक्षर गरेका छन् ।

माउण्टेन टेलिभिजनमा कार्यरत पुडासैनी साउन २० गते राती नारायणगढस्थित होटल कंगारुको कोठा नं.२०२ मा झुण्डिएको अवस्थामा फेला परेका थिए । मृतक पुडासैनीले मर्नेबेलामा सुसाइट भिडियो छोडेका थिए । सो भिडियोको आधारमा संचारकर्मी रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्की पक्राउ परेका छन् । यही विषयलाई लिएर चितवनमा शुक्रबारदेखी निरन्तर प्रदर्शन भइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>