समाज

शक्ति बढाउन भन्दै बालकको बलि दिन उक्साउने झाँक्री पक्राउ

Banner

धनुषा,साउन ३२-

शक्ति बढाउन बालकलाई बलि दिन उक्साएको आरोपमा एक झाँक्री पक्राउ परेका छन् । गएको वैशाख ईघ गते धनुषाको मिथिला नगरपालिका ६ बस्ने सम्भु साहका अढाई वर्षीय छोरा आर्यन साहको बलि दिएको घटनामा मुछिएपछि फरार रहेका ५५ वर्षका झाँक्री जंगली महतो पक्राउ परेका हुन् । पक्राउ परेका झाँक्री मिथिला नगरपालिका ७ कुसुमबिसौनाका बासिन्दा हुन् ।

घटनापछि फरार झाँक्री महतोलाई बिहीबार रक्षाबन्धनको दिन घरबाटै ईलाका प्रहरी कार्यालय ढल्केबरले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ परेका झाँक्रीमाथि अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।

शक्ति बढाउन भन्दै झाँक्री विद्या सिक्दै गरेका ५५ वर्षीय छिमेकी गाउँका सत्रुधन महतोले गएको वैशाख २३ गते राति बालक आर्यनलाई घरेलु हतियार प्रयोग गरी घाँटी रेटेर बलि दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>