देश/प्रदेश
खोलाको बगरमै पिर्का राखेर मुख्यमन्त्री शाहीले लिए सलामी
०

काठमाडौँ साउन ३१-
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खोलाको बगरमा पिर्कामा उभिएर सलामी लिएका छन् ।
मुख्यमन्त्री शाही बिहीबार गृहनगर पचालझरना पुगेका थिए । गृहनगर पचालझरनाको लाफाखोलामै पिर्का राखेर सलामी लिएका हुन् । खोला किनारको बगरमा रातो कपडाले बेरेको पिर्कामा उभिएर प्रहरी टोलीको सलामी लिएका हुन् ।
उनले सलामी लिँदा स्थानीय बासिन्दा भने हाँसिरहेका थिए । गृहनगरमा उनलाई क्रान्तिकारी नेताका रूपमा लिने गरिएको थियो । जनप्रतिनिधिले लिइरहेका सलामीको आलोचना भइरहेका वेला मुख्यमन्त्री शाहीले सलामी लिएको फोटो सामाजिक सञ्जालमा राखेर उनकै पार्टी कार्यकर्ता पनि आलोचना गरिरहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>