देश/प्रदेश

गोसाइँकुण्डमा लेक लागेर एकको मृत्यु

Banner

रसुवा साउन ३०-

पवित्र तीर्थगोसाइँकुण्डस्नान गर्न गएका एक यात्रुको गए राति गोसाइँकुण्डमा निधन भएको छ । जिल्ला प्रहरी प्रवक्ता ओमप्रसाद वाग्लेका अनुसार सिन्धुपाल्चोक जिल्ला मेलम्ची घर भई हाल काठमाडौँको मूलपानी बस्ने २३ वर्षीय दीपक ढकालको निधन भएको हो ।

समुद्र सतहदेखि १४ हजार १०० फिटको उचाइमा लेक लागेको उनको मृत्यु भएको हो । शवलाई गोसाइँकुण्डबाट तल झार्ने प्रक्रिया अगाडि बढेका प्रहरी प्रवक्ता वाग्लेले जानकारी दिए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>