देश/प्रदेश

सेती नदीको भिरमा फसे गाई

Banner

डोटी, साउन २९-

सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दीपायल पिपल्लास्थित सेती नदीको भिर चट्टानमा सात वटा गाई फसेका छन् । ती गाईहरु उक्त चट्टानमा कसरी फसे त्यो भने अहिलेसम्म जानकारी आएको छैन ।

तल सेती नदी तथा माथि भिर भएको उक्त ठाउँमा गाई कहिलेबाट फसेका हुन कसैलाई जानकारी भने छैन । सेती नदीको किनारमा भएको चट्टानमा फसेका गाईको उद्धारका लागि प्रयास भइरहेको डोटीका प्रजिअ टेकनारायण पौडेलले बताए । उनले भने, “गाईहरु फसेको विषयमा मैले जानकारी पाएँ, उद्धारका लागि प्रहरी तथा सशस्त्र प्रहरीलाई भनेको छु, चाँडै उद्धार गरिनेछ ।”

फसेका गाईमध्ये केही दुधालु तथा केही गाईहरु ब्याउने अवस्थाका रहेको प्रत्यक्षदर्शी तथा स्थानीयवासी तेजबहादुर डुम्रेले बताउनुभयो । उनले भने, “केही गाई दुधालु छन्, केही भने ब्याउने अवस्थाका छन्, मैले उद्धार गर्न कोसिस गरे तर सकिनँ ।”

दीपायल पिपल्लास्थित प्रमुख व्यापारिक केन्द्र पिपल्लामा छाडा रुपमा छोडिएका गाईहरु सङ्कलन गरेर कसैले राति बगाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । गाई कसरी बगेका हुन् भन्ने बारेमा प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दीपायलका प्रमुख कमलापति पन्तले बताए । उनले भने, “मान्छे जान नसक्ने भिरमा गाई फसेका छन्, कसरी त्यहाँ गाई गए, कसैले धकेलेको हो कि हामी अनुसन्धान गर्दैछौँ ।”रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>