चितवन विशेष

भरतपुरमा जेसीजको राष्ट्रियस्तरको तालिम

Banner

चितवन, साउन २८-

नेपाल जेसीजको आयोजनामा राष्ट्रियस्तरको प्रशिक्षक प्रशिक्षण तालिम भएको छ ।

भरतपुरमा चार दिन चलेको तालिममा ५५ जना सहभागी थिए । प्रमुख प्रशिक्षक राजाबाबु शाह, सहायक प्रशिक्षक नारायण शाह, तालिम सहायक मुक्तिनाथ गैरेले सहजीकरण गरेका थिए । तालिमको उद्घाटन प्रदेश–३ सरकारको योजना परिषद्का सदस्य तथा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. तिलचन्द्र भट्टराईले गरेका थिए ।

तालिम समापन नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष महेश पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो । तालिम सोमबार सकिएको हो । जेसीजका देशभर १३४ शाखा छन् । तालिमका निर्देशक अनोज जोशीले प्रशिक्षक तयार गर्न तालिम दिइएको बताए । कार्यक्रम नारायणगढ जेसीजका अध्यक्ष विकासमान श्रेष्ठको अध्यक्षतामा भएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>