देश/प्रदेश

दुर्घटनामा एकको मृत्यु

Banner

रौतहट,  साउन २८-

जिल्लाको राजपुर नगरपालिकामा आज भएको सवारी दुर्घटनामा परी एक जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत विहार पलुवाचैनपुर कुमरार टोलीका ६० वर्षीय विन्देश्वर दास रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बौद्धिमाई नगरपालिकाका प्रशासकीय अधिकृत वीरेन्द्र चन्द्रवंशीले चढेको बीआर०३२ पीए १५४१ भारतीय नम्बरको स्कारपियाले ठोकिँदा दासको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडीका चालक गौर नगरपालिका–४ टिकौलियाका राकेश सहनीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>