चितवन विशेष

माडीको ५ नम्बर वडा पूर्णसंस्थागत प्रसुति वडा घोषणा

Banner

नेत्र प्रसाद आचार्य/सुवास लामिछाने

चितवन, साउन २८-

माडी नगरपालिकाको ५ नम्बर वडा दोश्रो पूर्ण संस्थागत प्रसुति वडा घोषणा भएको छ ।

आज वडा कार्यालय नयाँ पिपरियामा एक कार्यक्रमको आयोजना गरी वडालाई पूर्ण संस्थागत प्रसुति (जिरो होमडेलिभेरी) घोषणा गरिएको वडाअध्यक्ष रामवन्धु पोख्रेलले जानकारी दिए । कार्यक्रममा नगरप्रमुख ठाकुरप्रसाद ढकालले गर्भवती महिलालाई अस्पतालमा नै सुत्केरी गराउनुपर्नेमा जोड दिए । ढकालले अस्पतालमा सुत्केरी गराउँदा बाल मृत्युदर र मातृ मुत्युदरमा कमी आउने बताए ।

साथै रगतको आवश्यकता पर्ने बिरामीका लागि माडी नगरपालिकाको तर्फबाट निःशुल्क रगतको व्यवस्था गरिएको समेत जानकारी दिए । सोही कार्यक्रममा माडी नगरपालिका–५ का स्वास्थ्य स्वयंसेविकाद्वय विमा विश्वकर्मा र देवकी तिवारीलाई सम्मान गरिएको छ भने माडी नगरपालिका नगरस्वास्थ्य केन्द्र प्रमुख कोपिला बोट, बघौडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर आलोक कुमार तथा माडी नगरपालिका–५ वडा कार्यालयलाई सम्मानित गरिएको छ । गत आर्थिक वर्ष २०७५÷०७६ मा माडी नगरपालिका ५ मा ५६ जना गर्भवती महिला मध्ये ५५ जना सुत्केरी महिलाहरुले स्वास्थ्य संस्थामै सुत्केरी भएको माडी नगरपालिका जनस्वास्थ्य शाखा प्रमुख शिवप्रसाद सुवेदीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>