देश/प्रदेश

माछालाई थापेको जालमा आफै परेपछि २ जनाको ज्यान गयो,कसरी भयो यस्तो विस्तृतमा

Banner

स्याङ्जा साउन २८-

चापाकोट नगरपालिका वडा नम्बर ५ को ज्याग्दी खोलामा माछालाई थापेको जालमा बेरिएर दुई जनाको ज्यान गएको छ ।

ज्याग्दी खोलामा माछा मार्ने क्रममा स्थानीय ५५ वर्षीय वीरबहादुर थापा र ४५ वर्षीय निरबहादुर आलेको ज्यान गएको हो । निरबहादुरले फालेको जालमा आफै अड्किएर खोलामा डुबेपछि बचाउन जाने क्रममा नीरबहादुर पनि जालमा बेरिएको चापाकोट नगरपालिकाका सल्लाहकार विश्वास पुरीले जानकारी दिए ।

मृतकहरुको शवलाई पोष्टमर्टमका लागि वालिङ लगिएको प्रहरीले जनाएको छ ।

कसरी भयो घटना ?

चापाकोट नगरपालिका वडा नम्बर ४ मा रहेको राम मन्दिर माविमा पढाएर सोमबार अपरान्ह साढे चार बजेतिर निरबहादुर राना घर आइपुग्छन । उनको दुई जना साथीहरु वीरबहादुर र बमबहादुर आलेसँग भेट हुन्छ । सधैँजसो माछा मार्न जाने सल्लाहपछि साँझ ५ बजेतिर उनीहरु ज्याग्दी खोलातिर लाग्छन् ।

माछा मार्ने क्रममा वीरबहादुरले फालेको जालले उनलाई नै बेर्छ र उनी खोलामा डुब्छन । नजिकै रहेका निरबहादुर आफ्नो जाल फालेर वीरबहादुरलाई बचाउन खोलामा पस्नु हुन्छ तर उनलाई पनि जालले बेर्छ र दुवै जनालाई बगाएर कौडे रहमा पुर्‍याउँछ ।

जाल भारी तथा उचाल्नसमेत कठिन हुने हुँदा उनीहरुले आफूहरुलाई बेरेको जाललाई पन्छाउन सक्तैनन् र माछालाई हानेको जालले उनीहरु दुवै जनाको ज्यान लिन्छ । साँझको समयमा छुट्टै माछा मारिरहेका बमबहादुरले यो घटना देखेपछि उद्धारको लागि हारगुहार गरे।

तर जालमा परेका दुवै जनाको शरीरबाट जाल पन्छाएर बाहिर निकाल्दा उनीहरुकोे ज्यान गैसकेको हुन्छ । उज्यालो अनलाइन

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>