राजनीति

प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै

Banner

काठमाडौं,साउन २७ –

स्वास्थ्य परीक्षण र उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली आज सोमवार स्वदेश फर्किने भएका छन् । सोमवार अपराह्न थाइ एयरलाइन्सबाट उनी काठमाडौं फर्किने जनाइएको छ । यसअघि प्रधानमन्त्री ओली शुक्रवार स्वदेश फर्किने भनिएको थियो । त्यसपछि सरेर आइतवार फर्किने भनिएपनि स्वदेश फर्किने कार्यक्रम आज सोमवार सरेको थियो ।

स्वास्थ्य परीक्षण सम्बन्धी सबै रिपोर्ट आउन समय लागेपछि ओलीको सिंगापुर बसाइ लम्बिएको जनाइएको छ । स्वास्थ्य परीक्षण सम्बन्धी सबै रिपोर्ट सकारात्मक भएको पाइएपछि प्रधानमन्त्री सोमवार दिउँसो स्वदेश फर्कने उनका प्रेस संयोजक डा। कुन्दन अर्यालले बताएका छन् ।

भारतमा १३ वर्षअघि दुवै मिर्गौला प्रत्यारोपण गरेपछि ओलीले विगतमा पनि स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>