चितवन विशेष

नारायणीमा दुई महिलाको शव भेटियो

Banner

भरतपुर,साउन २६-

चितवनमा दुई महिलाको शव भेटिएको छ । नारायणी नदी किनारमा भरतपुर महानगरपालिका–१६ की ३१ वर्षीया कृष्णमाया तामाङको शव आज फेला परेको हो । माछा मार्ने क्रममा साउन २२ गते नदीमा बेपत्ता भएकी तामाङको शव सोही स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै भरतपुर महानगरपालिका–१६ भङ्गेरी कटेज नजीकै नारायणी नदी किनारमा आज अन्दाजी ५५ देखि ६० वर्षीया एक महिलाको शव फेला परेको छ । उनको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>