देश/प्रदेश

भक्तपुरमा बस दुर्घटना हुँदा १६ घाइते

Banner

भक्तपुर, साउन, २६ –
मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर आकाशे पुलमुिन आज बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् ।

काठमाडौँबाट सिन्धुली तर्फ जाँदै गरेको बा ४ ख ५७९४ नं. को बस आफै अनियन्त्रित भई सोही दिशा तर्फ जाँदै गरेको बा ३ ख ७०९३, बा ५ ख ४०२९ र ना ६ ख ७१८५ नं. को तीनवटा बसलाई ठक्कर दिँदा ठक्कर दिने सवारी साधनमा यात्रारत १६ यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये १३ जनालाई उपचारका लागि नागरिक अस्पताल गठ्ठाघर र तीन जनालाई मध्यपुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

दुर्घटनामा परेका चारवटै सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी प्रभाग गठ्ठाघरको नियन्त्रणमा राखिएको छ । ठक्कर दिने बस चालक सिन्धुली गोलानचोर गापा– ६ घर भई हाल काठमाडाौँ ताहचल बस्ने ३० वर्षीय दीपकराज ठकुरीलाई महानगरीय प्रहरी वृत्त ठिमीको नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।
रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>