चितवन विशेष
थारु पत्रकार संघ चितवनको पदस्थापन

चितवन, साउन २५–
थारु पत्रकार संघ (थापस) चितवनका नवनिर्वाचित कार्यसमितिको शनिबार पदस्थापन गरिएको छ ।
भरतपुरमा एक कार्यक्रमकाबीच नयाँ समितिलाई पदस्थापन गरिएको हो । संघका निवर्तमान अध्यक्ष कारी महतोले नयाँ अध्यक्ष सुमित्रा महतोलाई पद हस्तान्तरण गरे ।
साथै नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । थारु पत्रकार संघका केन्द्रीय सदस्य सन्तकुमार चौधरी र केन्द्रीय सदस्य तथा प्रदेश ३ का इन्चार्ज राजु चौधरीले प्रमाण प्रदान गरेका थिए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुमित्रा महतोले संस्थालाई चलायमन बनाउन सबैको साथ र सहयोग जरुरी रहेको बताइन् । उनले आउँदो भदौंमा हुने संघको केन्द्रीय महाधिवेशनलाई सफल बनाउन लागि पर्ने बताइन् ।
संघको शनिबार नै बसेको पहिलो बैठकले पाँच सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । जसमा सन्तकुमार चौधरी, राजु चौधरी, कारी चौधरी, चन्द्रकुमारी चौधरी र नन्दलाल महतो रहेका छन् । कार्यक्रममा संघका उपाध्यक्ष मनोज चौधरी, सचिव संजय चौधरी, सह–सचिव ज्योति महतो, कोषाध्यक्ष दिव्या महतो, सदस्यहरु राकेश चौधरी, रीता चौधरी, शिव महतोलगायतको उपस्थिति रहेको थियो ।
संघको गत शनिबार भएको तेस्रो अधिवेशनले सुमित्रा महतोको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको थियो । कार्यक्रममा निर्वाचन समितिका सदस्य एवंम संघका केन्द्रीय सन्तकुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।