चितवन विशेष
भरतपुरमा म्याजिक र मोटरसाइकल ठोक्कियो, दुई घाइते
०

चितवन, साउन २४–
चितवनको भरतपुर महानगरपालिका–१० हाकिम चोक नजिक म्याजिक र मोटरसाईकल ठोक्किदा दुई जना घाइते भएका छन् ।
बिहान ६ बजेको समयमा ना१ज ५३५४ नम्बरको म्याजिक र ना ११ प १६३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर ठोक्किदा मोटरसाइकल चालक भरतपुर–७ प्रेमबस्ती बस्ने अन्दाजी १६ वर्षीय सन्देश थापा र मोटरसाइकल पछाडी सवार भरतपुर–८ बस्ने वर्ष १७ का मनिष न्यौपाने घाइते भएका छन् ।
दुबै जनाको अवस्था मध्यम रहेको र भरतपुर अस्पतालमा उपचार भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ । म्याजिकका चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>