चितवन विशेष

रत्ननगरको विकास गर्न मन्त्री र सचिव भेट्दै नगरप्रमुख वन

Banner

चितवन, साउन २३-

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले शहरी विकासको लागि मन्त्रालयका मन्त्री र सचिवहरुसंग छलफल गरेका छन् ।

पर्यटकीय नगरी सौराहामा भवन निर्माण मापदण्ड लागु गर्ने, सिटीहल निर्माण र सार्वजनिक जग्गा संरक्षणको विषयमा नगरप्रमुख वनले सन्बन्धित मन्त्रालयका मन्त्री र सचिवहरुसंग छलफल गरेका हुन् । प्रमुख वनले ठूला योजना निर्माणको लागि मन्त्रीहरुसंग बजेट माग समेत गरेका छन् । शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राई र वन सचिव विश्वराज ओलीसंग भेट गरी पर्यटकीय नगरी सौराहाको सुन्दरताको लागि एकै प्रकारका घर निर्माण गर्ने र साँढे दुई तला भन्दा बढीको भवन निर्माण गर्न नदिने गरी मापदण्ड बनाउने विषयमा छलफल भएको प्रमुख वनले बताए । शहरी विकास मन्त्रीसंग प्रमुख वनले सौराहामा सिटीहल निर्माणको लागि बजेट थप गरिदिन आग्रह समेत गरेका छन् ।

प्रमुख वनले भूमि सुधार तथा व्यवस्था मन्त्री पद्मा अर्यालसंग भेट गरी सार्वजनिक जग्गा संरक्षण र सुकुमवासीलाई लालपूर्जा वितरण गर्ने विषयमा पनि छलफल गरेका छन् । भेटमा मन्त्री अर्यालले रत्ननगरमा सार्वजनिक जग्गा संरक्षणको लागि उदाहरणीय काम भएको भन्दै प्रशंशा गरेकी थिइन् ।

रत्ननगरमा सार्वजनिक जग्गा संरक्षणको कामको स्थलगत अनुगमन गर्न मन्त्री अर्याल रत्ननगर आउने बताएको वनले जानकारी दिए । उनले बछौली माविमा प्राविधिक शिक्षा अन्तर्गत होटल म्यानेजमेन्ट सञ्चालनको विषयमा सीटिईभिटीईका सचिवहरुसंग छलफल गरेका छन् । नगरप्रमुख वनले होटल म्यानेजमेन्ट सञ्चालनको लागि तत्काल अनुमति दिन आग्रह गरिएको बताए । उनले नगरको कृषिको विकासको लागि कृषि राज्यमन्त्रीलाई समेत भेट गरी योजना र बजेट माग गरेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>