देश/प्रदेश
उपराष्ट्रपतिले दिए क्यान्सरपीडितलाई एक महिनाको तलब
काठमाडौं, साउन २३-
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले एक महिनाको तलब रकम क्यान्सरपीडितका लागि सहयोग गरेका छन् । उनले बिहीबार अपरान्ह क्यान्सर पीडितहरुका लागि ‘नेपाल क्यान्सर सहयोय अभियान’लाई एक महिनाको तलब बराबरको रकम हस्तान्तरण गरेका हुन् ।
उपराष्ट्रपति पुनले कर र अन्य कट्टि भई पाउने एक महिनाको तलब रकम ६२ हजार क्यान्सर सहयोग अभियानका अध्यक्ष डा सुदिप श्रेष्ठलाई हस्तान्तरण गरे । उपराष्ट्रपतिले केहीं दिन अघि नेपाल क्यान्सर सहयोग समूहले आयोजना गरेको कार्यक्रममा आफ्नो एक महिनाको तलव क्यान्सर पीडितलाई सहयोग गर्ने घोषणा गरेका थिए ।
उपराष्ट्रपतिले रकम हस्तान्तरण गर्नुहुँदै क्यान्सर पीडितहरुलाई सबैले सहयोग र माया गर्नुपर्ने बताए । सहयोग रकम लिंदै क्यान्सर सहयोग अभियानका अध्यक्ष श्रेष्ठले उपराष्ट्रपतिको सहयोगबाट आफूहरु र क्यान्सर पीडितहरु अत्यन्त उत्साहित भएको बताए । उनले क्यान्सर पीडितहरुलाई राज्यले सहयोग गर्नुपर्ने बताए ।