चितवन विशेष

माडीको इलाका प्रशासन कार्यालय एक अधिकृतको भरमा, कार्य सम्पादनमा कठिनाइ

Banner

प्रिति पोखरेल

चितवन, साउन २३-

चितवनको माडी नगरपालिकामा रहेको इलाका प्रशासन कार्यालय एक अधिकृतको भरमा चलिरहेको छ ।

गृह मन्त्रालयले कार्यालयका लागि दुई नायब सुब्वा स्थायी दरबन्दी दिएको भए पनि अहिले दुवै पद रिक्त रहेको छ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट मदन श्रेष्ठलाई यहाँ सरुवा गरेको थियो तर श्रेष्ठको सरुवा संशोधन गरी जिल्ला कारागारमा भएको इलाका प्रशासन कार्यालय माडीका प्रमुख गणेशप्रसाद भट्टराईले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय चितवनमा सरुवा भई रमाना लिन बाँकी रहेका नायब सुब्वा किसान विश्वकर्माले अरु कर्मचारी नआइसकेका कारण रमाना नपाइरहेको बताए ।

‘कर्मचारीहरु माडी भन्ने बित्तिकै यहाँ सरुवा हुन चाँहदैनन् यद्यपि माडी धेरै विकसित भइसकेको छ’, विश्वकर्माले भने । नायव सुब्बा विश्वकर्माले हाल बहाल काम गरिरहेका छन् । कर्मचारी अभावमा उनलाई भरतपुर पठाउन सकिएको छैन । ‘कर्मचारी मागका लागि मन्त्रालयमा पत्राचार भइसकेको छ, सम्भवत छिटै पदपूर्ति होला’, प्रमुख भट्टराईले दोहो¥याए, ‘बिरामी पर्दा कार्यालय सहायक मात्र कार्यालयमा हुने स्थिति पनि छ, कार्य सम्पादनमा असहजता यही छ’ । अहिले कार्यालयमा अधिकृत भट्टराई, बहालमा नासु विक र दुई कार्यालय सहयोगी छन् ।

जिल्लाका सात स्थानीय तहमध्ये इलाका प्रशासन कार्यालय रहेको एक मात्र स्थानीय तह माडी नगरपालिका हो । जिल्लाका अन्य स्थानीय तहले जिल्ला प्रशासन कार्यालय चितवनबाटै सेवाहरु लिइरहेकामा भरतपुर पुग्नु पर्दा माडी स्थानीयलाई हुने गरेका असहजता र बाध्यता हटाउन नेपाल सरकार गृह मन्त्रालयले विसं २०७३ साल असार १९ गते इलाका प्रशासन कार्यालय माडी स्थापना गरेको थियो ।
कार्यालय स्थापना लगतै असार २२ गतेबाट माडीमा सेवा प्रवाह सुरु गरेको कार्यालयले २०७३ असार मसान्तबाट २०७४ असार मसान्तसम्म वंशजका आधारमा तीन हजार २३६ वटा नागरिकता माडीका नागरिकलाई प्रदान गरेको छ । कार्यालयबाट गत आर्थिक वर्ष २०७५\७६ मा वंशजका आधारमा एक हजार ३२८ जनाले नागरिकता लिएका छन् ।

इलाका कार्यालयबाट २०७३ साल साउन मसान्तदेखि आर्थिक वर्ष २०७५\७६ को असार मसान्तसम्म जम्मा चार हजार ५६४ जनाले नागरिकता लिएका छन् । गत आवमा ६ वटा वैवाहिक अंगिकृत नागरिकता, प्रतिलिपि नागरिकता ६६२ वटा वितरण गरिएको इलाका प्रशासन कार्यालय माडीका प्रमुख भट्टराईले जानकारी दिए । ‘उमेर नपुगेकाहरुलाई राहादानी बनाउने प्रक्रियामा आवश्यक नाबालक परिचयपत्र २६ जनाले लिएका छन् भने व्यक्ति प्रमाणित १९ वटा, आदिवासी, जनजाति, दलित सिफारिस १३७, राहदानीका लागि लगिने अभिलेख ९९ वटा जारी गरियो’ उनले भने । बाँदरझुलाका स्थानीय नागरिकलाई नागरिकता तथा सिफारिस लिनुपर्दा निकै खर्चिलो र झन्झटिलो हुने गरेको सम्पूर्ण प्रक्रिया मिलाएर आउने गरेका सेवाग्राहीलाई १० मिनेटमा नै कार्यालयले सुविधा दिने गरेको प्रमुख भट्टराईको भनाइ छ ।

गत वर्षमा पनि बाँदरझुलालाई मध्यनजर गर्दै नागरिकता वितरणको लागि घुम्ती शिविर सञ्चालन गरिएको प्रमुख भट्टराईले नारायणी अनलाइनलाई जानकारी दिए । उनले वैशाख २९ र ३० गते मात्रै माडी नगरपालिका ९ बगईमा ५५ जनालाई वंशजको आधारमा नागरिकता प्रदान गरेको जानकारी दिए । बाँदरझुलाबाट सेवा लिन कार्यालय आउनेहरुले पनि झन्झट नहोस् भनेर सबै प्रक्रिया पूरा गरेर आउने गर्दछन् । माडीमा प्रशासन कार्यलयको स्थापनाले यहाँका नागरिक प्रत्यक्ष लाभान्वित भइरहेका छन् ।

काम प्रशासनमा पठाउन वडालाई आग्रह

वडाका प्रक्रियाहरु नपुग्दा सेवाग्राहीलाई एउटै कामका लागि पटकपटक धाइरहनु पर्ने झन्झट हुने हँुदा राम्ररी चेकजाँच गरेर प्रशासन पठाउन इलाका प्रशासन कार्यलय माडीले माडीका वडा कार्यालयलाई आग्रह गरेको छ । आवश्यक कागजात, सिफारिसलगायतमा हुने छुट तथा त्रुटिले छिटै हुने काम लम्बिने हुन्छ । यसले सेवाग्राहीमा नकारात्मक सन्देश प्रवाह गर्ने भएकाले कार्य सम्पादन चुस्त दुरुस्त हुनु पर्दछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>