चितवन विशेष

‘मिस्टर दारी २०१९’ को चितवन अडिसन सम्पन्न

Banner

चितवन, साउन २२ –

नेपालमै पहिलो पटक आयोजना हुन लागेको ‘मिस्टर दारी २०१९’ को चितवन अडिसन सम्पन्न भएको छ । बुधवार भरतपुरमा चितवन अडिसन सम्पन्न भएको हो । मिस्टर दारीका लागि चितवन अडिसनबाट दुई जना छनोट भएको निर्णायक अनिल घिमिरेले जानकारी दिए ।
अडिसनमा सहभागी ८ जना मध्य २ जना छनोट भएको घिमिरेले बताए । छनोट हुनेहरुमा २४ बर्षिय सुरज अधिकारी र २२ बर्षिय सुबास सागर रहेका छन् । सुरज पेशाले फेन्सी व्यवसायी हुन् भने सुबास बैंकर हुन् । उनिहरुलाई फाइनल राउन्डको लागि काठमाडौंमा विभिन्न प्रशिक्षण दिईनेछ ।

अडिसनमा मिस्टर दारी २०१९ का ब्राण्ड एम्बासडर एवं दारी ग्याङका फाउन्डर अभिषेकराज सिंह थापा र नेपाल डायरिजका निर्देशक एवं इभेन्ट म्यानेजर अनिल घिमिरे निर्णायकको भूमिकामा रहेका थिए । पछील्लो समय नेपालमा दारी राख्ने ट्रेन्ड चलेपछी दारी प्रेमीहरु बढेको र त्यसैलाई लक्षित गर्दै ठन्डर प्रोडक्सनले ‘मिस्टर दारी २०१९’ आयोजना गर्न लागेको हो । यो प्रतियोगिता अन्य सौन्दर्य प्रतियोगिताकै शैलीमा हुने भए पनि यसभित्रको खुराकहरु भने बिल्कुलै फरक रहेको ठन्डर प्रोडक्सनका प्रबन्ध निर्देशक बिजय कार्कीले बताए ।

यसका लागि अहिले देशमा बिभिन्न ठाउँमा अडिसन हुँदैछ । यसको अडिसन भने बिराटनगरबाट शुरु भएको हो । बिराटनगरमा गत साउन १८ गते र ईटहरीमा १९ गते अडिसन सम्पन्न भईसकेको छ । यस्तै झापामा २० गते अडिसन भएको थियो भने चितवनमा आज सम्पन भएको हो । अब बुटवलमा २४, बाकेको कोहलपुरमा २६ गते, पोखरामा २८ र काठमाडौंमा ३२ गते अडिसन हुने आयोजकले जनाएको छ । मिस्टर दारी २०१९ को फिनाले भने असोजको ५ गते राष्ट्रिय नाचघर काठमाडौंमा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>