चितवन विशेष

चितवनमा हुँदैछ ‘मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपाल’को अडिसन

Banner

चितवन, साउन २२–

अन्तर्राष्ट्रिय स्तरको सुन्दरी प्रतियोगितो ‘मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपाल २०१९’ को अडिसन चितवनमा हुने भएको छ ।

आयोजक संस्था ग्रुप अफ इभेन्ट इन्टरटेनर्सले यही साउन २४ गते शुक्रबार चितवनमा अडिसन गर्न लागेको हो । सो अडिसन भरतपुरस्थित धवन रिक्रियसन एण्ड पार्टी प्यालेसमा हुने आयोजकले जनाएको छ ।

चितवन अडिसनको निर्णायकमा मिस्टर नेपाल वल्र्ड २०१८ का विजेता विकल्पराज श्रेष्ठसँगै मिस अरोमा चितवन इशा प्रधान र नेपाल डायरिजका प्रवन्ध निर्देशक बिनेश थापा रहनेछन् । अडिसनमा सहभागि हुन लागेको आयोजकले विभिन्न मापदण्ड तोकेको छ । सो अनुरुप न्यूनतम उचाई ५.४ र प्लस २ उर्तीर्ण हुनुपर्ने छ ।

चितवन अडिसनको व्यवस्थापन कर्मा एभेन्ट्सले गर्दैछ । अडिसन बिहान ११ बजेबाट शुरु हुने कर्मा इभेन्ट्सका सिईओ समिर रायमाझीले जानकारी दिए ।

यस प्रतियोगिताका लागि अहिले काठमाडौं बाहिरका जिल्लाहरुमा धमाधम अडिसन भईरहेका छन् । हालसम्म पोखरा, धरान र बुटवलमा अडिसन सम्पन्न भईसकेको छ भने चितवनपछि काठमाडौँमा साउन २७ गते अडिसन राखिएको ग्रुप अफ इभेन्ट इन्टरटेनर्सका अध्यक्ष अनुप सक्सेनाले जानकारी दिए । उनका अनुसार देभरको अडिसनपछि साउन ३० बाट प्रशिक्षण सुरु हुनेछ ।

यस प्रतियोगिताको विजेताले फिलिपिन्समा हुने ५१ औं मिस एसिया प्यासिफिक इन्टरनेशनल २०१९ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न पाउनेछन् । यसका साथै विजेताले नगद २५ हजारसँगै २ लाख बराबरको अन्य पुरस्कारहरु प्राप्त गर्नेछ ।

त्यसैगरि फस्र्ट रनरअपले मिस टुरिजम क्विन इन्टरनेशनल २०१९ मा सहभागीता जनाउन पाउनुको साथै एक लाख २५ हजार बराबरको पुरस्कारसंगै रु १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको सेकेन्ड रनरअपले एक लाख १० हजार बराबरको पुरस्कारसंगै दक्षिण कोरियामा आयोजना हुने मिस ग्लोबल ब्युटी क्वीन २०१९ मा नेपालको प्रतिनिधित्व गर्न अवसर पाउनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>