भरतपुर
रोटरी क्लब भरतपुरको आयोजनामा फलफुलका विरुवा रोपियो

चितवन,साउन २२-
रोटरी क्लव भरतपुरको आयोजनामा बुधवार भरतपुरमा बृक्षारोपण गरिएको छ । भरतपुर महानगरपालिका ११ मा रहेको जखडीमाई आधारभूत विद्यालयमा प्रदेश सांसद विजय सुवेदीको उपस्थितिमा बृक्षारोपण गरिएको हो । विद्यालय परिसरमा एभोग्राडो,आँप लगाएतका विरुवा रोपिएको हो ।

सो अवसरमा बोल्दै प्रदेश सांसद विजय सुवेदीले फलफुलका विरुवा रोप्न भरतपुरमा अभियान सञ्चालन गरिएको बताए । उनले समग्र भरतपुरलाई एक सुन्दर बगैचाको रुपमा विकास गर्न आफ्नो निर्वाचन क्षेत्रमा ६५ हजार फलफुलका विरुवा रोपिएको जानकारी दिए ।
सामाजिक क्षेत्रमा रोटरी क्लब आफ भरतपुरले गरेको कामको प्रसंसा गर्दै उनले बृक्षारोपणलाई पनि अभियानका रुपमा अघि बढाउन सुझाब दिए ।कार्यक्रममा रोटरी क्लब भरतपुरका पुर्व अध्यक्ष डा.तिलचन्द्र भट्टराई लगाएतले बोल्नुभएको थियो । कार्यक्रम क्लबका अध्यक्ष सुरेश सेन ठकुरीको अध्यक्षतामा सम्पन्न भएको हो ।

























