चितवन विशेष

शैक्षिक दलाल र माफियाले विद्यार्थी आन्दोलनको बिरोध गरेः अध्यक्ष महर

Banner

चितवन,साउन २२-

अनेरास्ववियूका केन्द्रिय अध्यक्ष ऐन महरले शैक्षिक दलाल र माफियाले विद्यार्थी आन्दोलनको विरोध गरिरहेको बताएका छन् । नेपाल पोलिटेक्निक इन्टिच्यूट (एनपिआई) भरतपुरले बुधवार भरतपुरमा आयोजना गरेको स्वागत, विदाई, सम्मान एवंम बृहत सांस्कृतिक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष महरले माफियाले विद्यार्थी आन्दोलनको औचित्य र सान्दर्भिकता माथि प्रश्न गरिरहेको आरोेप लगाए ।

‘नेपालको संविधानमा शिक्षालाई मौलिक हकको रुपमा स्थापित भएको छ, यो विद्यार्थी आन्दोलनको उपज हो,उनले भने’,यो कुरा शैक्षिक माफियालाई मन परेको छैन् ।’ शिक्षालाई व्यापार र माफियाकरणको बिषय बनाइएको भन्दै उनले शिक्षालाई सेवाको क्षेत्र बनाउनुपर्ने बताए । उनले सवै नागरिकलाई निःशुल्क शिक्षा दिनुपर्नेमा जोड दिए ।

देशमा केही समूह शिक्षाकोे व्यापारबाट अकुत पैसा कमाउने धन्दामा लागेको उनको आरोप छ । ‘एउटा बस्तुको रुपमा शिक्षालाई किनबेच गरिएको छ,अध्यक्ष महरले भने’,उनिहरुको स्वार्थ र उदेश्यमा विद्यार्थी आन्दोलनले धक्का दिइरहेको छ । पछिल्लो समय विद्यार्थी आन्दोलन कमजोर बनाउने तत्व सक्रिय भएको भन्दै उनले त्यो उदेश्य कुनै हालतमा पुरा नहुने तर्क गरे । उनले विधार्थी आन्दोलन विशिष्ट अवस्थामा रहेको बताए ।

नेपालमा विद्यार्थी आन्दोलन क्रियाशिल र शक्तिशाली नभएको भए राजनैतिक परिवर्तन सम्भव नभएको उनको भनाई छ । विद्यार्थीको हक अधिकारका लागि अनेरास्ववियूले संधै आवाज बुलन्द गर्ने उनले बताए । अनेरास्ववियूका कन्द्रिय तथा जिल्ला नेताहरुको सहभागिता रहेको कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुती प्रस्तुत गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>