चितवन विशेष
चितवनमा एक्सेस एजुकेशनको न्युजिल्याण्ड एड्मिसन सेसन हुँदै

चितवन,साउन २२-
न्युजिल्याण्ड अध्ययन गर्न जान चाहाने विद्यार्थीलाई लक्षित गरी एक्सेस एजुकेशन नेटवर्क प्रालि चितवनले ‘न्युजिल्याण्ड एड्मिसन सेसन’ संचालन गर्ने भएको छ । यहि साउन २७ गते एड्मिसन सेसन सञ्चालन गर्न लागिएको हो ।
एड्मिसन एक्सेसको नारायणगढ कमलनगर चोक स्थीत शाखामा सञ्चालन हुनेछ । विहान १० देखि बेलुका ४ बजेसम्म चल्ने सेसनमा न्यूजिल्याण्डका ११ सरकारी तथा निजी कलेजका प्रतिनिधीहरुको प्रत्यक्ष सहभागिता रहनेछ । त्यसमा विद्यार्थी तथा अभिभावकहरुले विभिन्न कलेजका प्रतिनिधिहरुसंग न्युजिल्याण्डको अवस्था, कलेज ट्युसन शुल्क,अध्ययन पश्चातका अवसरहरुका वारेमा जानकारी प्राप्त गर्न सक्नेछन् ।
बिगत १४ वर्षदेखि वैदेशिक अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्दै आइरहेको एक्सेसले पछिल्ला समयम न्युजिल्याण्डलाई प्रमुख गन्तब्यका रुपमा विद्यार्थीलाई सेवा दिदै आएको छ । सेसनमा स्पोट एसिस्मेन्ट (न्युजिल्याण्ड अध्ययनका लागि योग्य छ कि छैन भन्ने विषयमा) सम्बन्धित कलेजका प्रतिनिधीले तत्कालै जानकारी दिने छन् ।
न्युजिल्याण्ड अध्यनमा जानका लागि आईईएलटिएसमा ५ दशमलब ५ र कुनै पनि विश्वविद्यालयबाट ४० प्रतिशत भन्दा माथि अंक ल्याएर उत्तीर्ण भएको हुनु पर्ने एक्सेस एजुकेशन नेटवर्क चितवन शाखा प्रमुख प्रशान्त सापकोटाले जानकारी दिए । अष्ट्रेलिया र अन्य यूरोपेली मुलकमा अध्ययनका लागि जान समस्या हुँदै गएको पछिल्लो अवस्थाले गर्दा पनि न्युजिल्याण्डमा विद्यार्थीको आकर्षण बढेको उनले बताए । अष्ट्रेलिया भिजा रिजेक्ट भएकाहरुले पनि एप्लाई गर्न मिल्ने सापकोटाले जानकारी दिए ।
न्युजिल्याण्ड अध्ययन गर्न जाँदा पढाई शुल्क भिजा लागेपछि मात्र तिनुपर्ने,कम्तिमा प्लसटु पास गरेको हुनुपर्ने, पास डिभिजन भए पुग्ने,अध्ययन पश्चात तीन बर्ष सम्मको पोष्ट स्टडी वर्क पाउने र उत्कृष्ट विद्यार्थीलाई पीआर सम्मको सुविधा रहेको सापकोटाले बताए ।